काठमाडौँ । नेपाली कांग्रेसको विशेष महाधिवेशन अन्ततः निर्वाचन प्रक्रियातर्फ मोडिएको छ । संस्थापन पक्ष र विशेष महाधिवेशन पक्षबीच रातभर भएका विभिन्न चरणका वार्तामा सभापति शेरबहादुर देउवा नेतृत्व छाड्न तयार नभएपछि निर्वाचनमार्फत नै नयाँ नेतृत्व चयन गर्ने तयारी गरिएको हो ।
विशेष महाधिवेशन प्रचार-प्रसार उपसमिति संयोजक सुवास पोखरेलका अनुसार संस्थापन पक्षसँग वार्ताको ढोका खुला राखिए पनि निर्वाचनका कार्यक्रमहरूलाई निरन्तरता दिइएको छ । “हाम्रो निर्वाचन तालिका यथावत् छ,” पोखरेलले भने, “सहमति नभए निर्वाचन प्रक्रियामार्फत नै नीति र नेतृत्व परिवर्तनको दिशामा हामी अघि बढ्छौं।”
नेतृत्वमा अडान र प्रतिवेदन पारित मंगलबार साँझ विशेष महाधिवेशन स्थलमा आयोजित पत्रकार सम्मेलनमा पोखरेलले संस्थापन पक्ष विशेष महाधिवेशनको अपनत्व लिन तयार देखिए पनि सभापति देउवाले पद नछाड्ने अडान राखेको जानकारी दिए । महाधिवेशन पक्षधरहरूले देउवालाई सक्रिय राजनीतिबाट विश्राम लिई लेखन र चिन्तनमा लाग्न सुझाव दिएका छन् ।
यसैबीच, मंगलबार साँझ महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माको साङ्गठनिक प्रतिवेदन पारित भएसँगै बन्द सत्र समापन गरिएको छ। विशेष महाधिवेशनका नेताहरूले नयाँ पदाधिकारीको खाका तयार पार्ने कामलाई पनि तीव्रता दिएका छन्।
निर्वाचनको नयाँ तालिका वार्ताका लागि केही समय दिइएका कारण निर्वाचन समितिले मनोनयन दर्ताको समयमा केही फेरबदल गरेको छ। केन्द्रीय निर्वाचन समिति संयोजक वरिष्ठ अधिवक्ता सीताराम केसीका अनुसार बुधबार बिहान ८:१५ देखि ९:१५ बजेसम्मका लागि मनोनयन दर्ताको समय थप गरिएको छ। यदि यो समयभित्र सहमति नजुटे निर्वाचन प्रक्रिया औपचारिक रूपमा अघि बढ्नेछ।
छुट्ला नी !!
कांग्रेस विशेष महाधिवेशन: आज नयाँ नेतृत्व चयन हुने
नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै, संस्थापन इतर पक्ष असन्तुष्ट
कांग्रेस विशेष महाधिवेशनः मनोनयन दर्ता शुल्क तोकियो
कांग्रेस विवाद समाधानका लागि त्रिपक्षीय वार्ता: देउवालाई ब्रिफिङ गर्न सरकारी र इतर पक्ष महाराजगञ्जमा
कांग्रेस विशेष महाधिवेशन: नेतृत्व चयनका लागि निर्वाचन कार्यतालिका सार्वजनिक, आजै मनोनयन र राति मतदान
कांग्रेस विशेष महाधिवेशन: नेतृत्व चयनका लागि सीताराम केसीको संयोजकत्वमा निर्वाचन समिति गठन
काँग्रेस विशेष महाधिवेशन: प्रतिवेदन पारित भएपछि नेतृत्व चयनको प्रक्रिया सुरु हुने
कांग्रेस विशेष महाधिवेशनमा राजतन्त्र र हिन्दु राष्ट्रको एजेण्डा
कांग्रेस संस्थापनले बोलाएको केन्द्रीय समिति बैठक विशेष महाधिवेशन पक्षधरद्वारा बहिष्कार
केदार कार्कीको अडान: ‘सत्यसँग हिजो पनि सम्झौता भएन, भोलि पनि हुँदैन’
कार्यकर्ताको भावनाविपरीत सम्झौता नगर्न वार्ता टोलीलाई करुणा कटवालको चेतावनी
कांग्रेस महाधिवेशनमा हस्ताक्षर गर्ने प्रतिनिधि ६३% पुगे, देउवाद्वारा कानुनी परामर्श सुरु
दलबल लिएर देउवा भेट्न पुगे शेखर
गगन र विश्वप्रकाशसँग वार्ता गर्न देउवाले खटाए खड्का र लेखक
विश्व प्रकाशको प्रस्ताव: एकपटक समानुपातिक पाएकाले अर्को पटक नपाउने
देउवालाई गगनले फेरि भने-पार्टीको कार्यक्रम हो, आउनुस्
विशेष महाधिवेशनमा देउवा सहभागी नहुने, भ्रममा नपर्न सचिवालयको आग्रह
कांग्रेस विशेष महाधिवेशन: बिहान १० बजेदेखि बन्दसत्र,५६.१२% जनप्रतिनिधिले गरे हस्ताक्षर
कांग्रेसमा विश्वप्रकाशको ‘१-२-३-४’ प्रस्ताव: एक व्यक्ति २ पटक मात्र प्रधानमन्त्री बन्न पाउने
कांग्रेस दास र लासहरूको संगठन होइन, जिउँदाहरूको पार्टी हो: गगन थापा
३५ वर्षसम्म हामीले बाटो बिरायौँ, अब ५० प्रतिशत नयाँ अनुहारलाई टिकट दिऊँ: विनोद चौधरी
कांग्रेस विशेष महाधिवेशन : नेताको भाषण सुन्न होइन, नयाँ ‘रोडम्याप’ कोर्न आएका हौँ : करुणा कटुवाल
नेतृत्व रक्षाका लागि कांग्रेस सिध्याउने कि कांग्रेसका लागि नेतृत्व फेर्ने ?: प्रदीप पौडेल
सबै भ्रष्टाचार काण्डको छानबिन गरी ५०० र १००० का नोट बन्द गरौँ: अर्जुन नरसिंह केसी
पार्टी नफुट्ने गरी विकल्प खोजौँ, सभापति बन्दसत्रमा आउनुपर्छ: सुनिल शर्मा
विशेष महाधिवेशन ‘मालिकको आदेश’ होइन, कार्यकर्ताको संरचना हो: पूर्वमुख्यमन्त्री कार्की
महामन्त्रीद्वयको अगुवाइमा कांग्रेसको विशेष महाधिवेशन सुरुः ५४ प्रतिशत प्रतिनिधिको समर्थन