महामन्त्रीद्वयको अगुवाइमा कांग्रेसको विशेष महाधिवेशन सुरुः ५४ प्रतिशत प्रतिनिधिको समर्थन

काठमाडौँ । नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन आइतबार देखि काठमाडौँमा सुरु भएको छ । विशेष महाधिवेशनका लागि देशभरका ७७ वटै जिल्लाबाट महाधिवेशन प्रतिनिधिहरू संघीय राजधानी आइपुगेका छन् ।

महाधिवेशनको उद्घाटन दिउँसो १ बजे भृकुटीमण्डपमा भएको हो । महाधिवेशन व्यवस्थापन सचिवालयका संयोजक मनोजमणि आचार्यका अनुसार, सहभागी प्रतिनिधिहरूको नाम दर्ता प्रक्रिया बिहान ८ बजेदेखि नै सुरु भएको थियो। भृकुटीमण्डपको मूल गेटसँगै राखिएका स्टलहरूबाट नाम दर्ता गर्ने व्यवस्था मिलाइएको छ ।

सचिवालयले जारी गरेको सूचना अनुसार, दर्ताका लागि प्रतिनिधिहरूले आफ्नो परिचय खुल्ने कागजात, एक प्रति पासपोर्ट साइजको फोटो र एक हजार रुपैयाँ दर्ता शुल्क अनिवार्य बुझाउनुपर्नेछ।

किन हुँदैछ विशेष महाधिवेशन ?

गत असोज २९ गते ५४ प्रतिशतभन्दा बढी महाधिवेशन प्रतिनिधिहरूले विशेष महाधिवेशनको माग गरेका थिए । महामन्त्रीद्वय गगन कुमार थापा र विश्वप्रकाश शर्माको अगुवाइमा उक्त माग अघि बढाइएको थियो ।

नेपाली कांग्रेसको विधानको धारा १७ (२) मा ४० प्रतिशत महाधिवेशन प्रतिनिधिले लिखित माग गरेको तीन महिनाभित्र विशेष महाधिवेशन आह्वान गर्नुपर्ने व्यवस्था छ । सोही संवैधानिक प्रावधान बमोजिम पार्टीले यो महाधिवेशन आयोजना गरेको हो ।

नेपाली कांग्रेसको विशेष महाधिवेशनमा सभापति शेरबहादुर देउवा समूह भनेर चिनिएका ३० जना केन्द्रीय सदस्य सहभागी भएका छन् । केन्द्रीय सदस्य पुष्पा भुसालले आफूसहित देउवा समूहका ३० जना केन्द्रीय सदस्य विशेष महाधिवेशनमा सहभागी भएको जानकारी दिइन् । पार्टीलाई विधि र थितिमा अघि बढाउन आफूहरु विशेष महाधिवेशनमा सहभागी भएको उनको भनाइ छ ।

छुट्ला नी !!

३५ वर्षसम्म हामीले बाटो बिरायौँ, अब ५० प्रतिशत नयाँ अनुहारलाई टिकट दिऊँ: विनोद चौधरी

नेतृत्व रक्षाका लागि कांग्रेस सिध्याउने कि कांग्रेसका लागि नेतृत्व फेर्ने ?: प्रदीप पौडेल

सबै भ्रष्टाचार काण्डको छानबिन गरी ५०० र १००० का नोट बन्द गरौँ: अर्जुन नरसिंह केसी

पार्टी नफुट्ने गरी विकल्प खोजौँ, सभापति बन्दसत्रमा आउनुपर्छ: सुनिल शर्मा

विशेष महाधिवेशन ‘मालिकको आदेश’ होइन, कार्यकर्ताको संरचना हो: पूर्वमुख्यमन्त्री कार्की

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै