नेतृत्व रक्षाका लागि कांग्रेस सिध्याउने कि कांग्रेसका लागि नेतृत्व फेर्ने ?: प्रदीप पौडेल

काठमाडौँ । नेपाली कांग्रेसका युवा नेता प्रदीप पौडेलले पार्टी जोगाउनका लागि नेतृत्व परिवर्तनको विकल्प नरहेको बताएका छन्।

आइतबार भृकुटीमण्डपमा आयोजित विशेष महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै नेता पौडेलले नेतृत्वको कार्यशैली र दम्भका कारण पार्टी संकटमा परेको जिकिर गरे । उनले नेतृत्वप्रति लक्षित गर्दै गम्भीर प्रश्न गरे, ‘नेतृत्व रक्षाका लागि कांग्रेसलाई समाप्त गर्ने कि कांग्रेसका लागि नेतृत्व फेर्ने ? अब यस विषयमा सोच्ने बेला आएको छ ।’

नियमित महाधिवेशन समयमै हुन नसक्दा विशेष महाधिवेशनको परिस्थिति सिर्जना भएको उनको भनाइ थियो। ‘हामीले नियमित महाधिवेशन समयमै गर्न सकेनौँ, जसका कारण आज विशेष महाधिवेशन गर्नुपर्ने अवस्था आयो,’ पौडेलले थपे ।

नेतृत्वले विशेष महाधिवेशनलाई बेवास्ता गरेको प्रति टिप्पणी गर्दै उनले भने, ‘विशेष महाधिवेशन आफैँ निष्क्रिय हुन्छ भन्ने नेतृत्वको दम्भले गर्दा नै आज यो हल भरिएको हो । कार्यकर्ताको भावनालाई नजरअन्दाज गर्दाको परिणाम अहिले देखिँदैछ ।’

छुट्ला नी !!

३५ वर्षसम्म हामीले बाटो बिरायौँ, अब ५० प्रतिशत नयाँ अनुहारलाई टिकट दिऊँ: विनोद चौधरी

सबै भ्रष्टाचार काण्डको छानबिन गरी ५०० र १००० का नोट बन्द गरौँ: अर्जुन नरसिंह केसी

पार्टी नफुट्ने गरी विकल्प खोजौँ, सभापति बन्दसत्रमा आउनुपर्छ: सुनिल शर्मा

विशेष महाधिवेशन ‘मालिकको आदेश’ होइन, कार्यकर्ताको संरचना हो: पूर्वमुख्यमन्त्री कार्की

महामन्त्रीद्वयको अगुवाइमा कांग्रेसको विशेष महाधिवेशन सुरुः ५४ प्रतिशत प्रतिनिधिको समर्थन

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै