काठमाडौँ । नेपाली कांग्रेसभित्रको आन्तरिक विवाद समाधानका लागि गठन गरिएको त्रिपक्षीय वार्ता टोलीका सदस्यहरू सभापति शेरबहादुर देउवालाई भेट्न महाराजगञ्ज पुगेका छन् । मंगलबार बिहान भएको पहिलो चरणको वार्ता विना निष्कर्ष टुङ्गिएपछि संस्थापन पक्षका नेताहरू देउवालाई ब्रिफिङ गर्न पुगेका हुन् ।
वार्ताको प्रयास र अवरोध
भृकुटीमण्डपमा जारी विशेष महाधिवेशन र संस्थापन पक्षबीचको दूरी कम गर्न सभापति देउवा र नेता शेखर कोइरालाको सहमतिमा वार्ता समिति बनाइएको थियो । समितिमा बालकृष्ण खाण, रमेश लेखक, सहमहामन्त्री जीवन परियार र डा. मिनेन्द्र रिजाल सहभागी छन् ।
वार्ता टोलीका एक सदस्यका अनुसार विशेष महाधिवेशन पक्षधर (महामन्त्रीद्वय गगन-विश्वप्रकाश समूह) ले राखेका मागहरूका बारेमा सभापति देउवालाई जानकारी गराउन नेताहरू महाराजगञ्ज पुगेका हुन् ।
अस्वाभाविक मागको दाबी
संस्थापन पक्षका नेताहरूले विशेष महाधिवेशन पक्षधरले ‘अस्वाभाविक र असम्भव’ मागहरू राखेका कारण सहमति जुट्न कठिन भइरहेको दाबी गरेका छन् । अर्कोतर्फ, विशेष महाधिवेशन पक्षधरले भने वर्तमान कार्यसमितिको वैधता सकिएको भन्दै नयाँ नेतृत्व चयनको विकल्प नभएको अडान राख्दै आएका छन् ।
पार्टीभित्रको एउटा ठूलो पङ्क्तिले विशेष महाधिवेशन जारी राखेको छ भने संस्थापन पक्षले यसलाई अहिलेसम्म वैधानिकता दिन अस्वीकार गरिरहेको छ । बिहानको छलफल निष्कर्षविहीन भएपछि आजै दिउँसो पुनः दोस्रो चरणको वार्ता बस्ने तयारी छ ।
छुट्ला नी !!
कांग्रेस विशेष महाधिवेशन: नेतृत्व चयनका लागि निर्वाचन कार्यतालिका सार्वजनिक, आजै मनोनयन र राति मतदान
कांग्रेस विशेष महाधिवेशन: नेतृत्व चयनका लागि सीताराम केसीको संयोजकत्वमा निर्वाचन समिति गठन
काँग्रेस विशेष महाधिवेशन: प्रतिवेदन पारित भएपछि नेतृत्व चयनको प्रक्रिया सुरु हुने
कांग्रेस विशेष महाधिवेशनमा राजतन्त्र र हिन्दु राष्ट्रको एजेण्डा
कांग्रेस संस्थापनले बोलाएको केन्द्रीय समिति बैठक विशेष महाधिवेशन पक्षधरद्वारा बहिष्कार
केदार कार्कीको अडान: ‘सत्यसँग हिजो पनि सम्झौता भएन, भोलि पनि हुँदैन’
कार्यकर्ताको भावनाविपरीत सम्झौता नगर्न वार्ता टोलीलाई करुणा कटवालको चेतावनी
कांग्रेस महाधिवेशनमा हस्ताक्षर गर्ने प्रतिनिधि ६३% पुगे, देउवाद्वारा कानुनी परामर्श सुरु
दलबल लिएर देउवा भेट्न पुगे शेखर
गगन र विश्वप्रकाशसँग वार्ता गर्न देउवाले खटाए खड्का र लेखक
विश्व प्रकाशको प्रस्ताव: एकपटक समानुपातिक पाएकाले अर्को पटक नपाउने
देउवालाई गगनले फेरि भने-पार्टीको कार्यक्रम हो, आउनुस्
विशेष महाधिवेशनमा देउवा सहभागी नहुने, भ्रममा नपर्न सचिवालयको आग्रह
कांग्रेस विशेष महाधिवेशन: बिहान १० बजेदेखि बन्दसत्र,५६.१२% जनप्रतिनिधिले गरे हस्ताक्षर
कांग्रेसमा विश्वप्रकाशको ‘१-२-३-४’ प्रस्ताव: एक व्यक्ति २ पटक मात्र प्रधानमन्त्री बन्न पाउने
कांग्रेस दास र लासहरूको संगठन होइन, जिउँदाहरूको पार्टी हो: गगन थापा
३५ वर्षसम्म हामीले बाटो बिरायौँ, अब ५० प्रतिशत नयाँ अनुहारलाई टिकट दिऊँ: विनोद चौधरी
कांग्रेस विशेष महाधिवेशन : नेताको भाषण सुन्न होइन, नयाँ ‘रोडम्याप’ कोर्न आएका हौँ : करुणा कटुवाल
नेतृत्व रक्षाका लागि कांग्रेस सिध्याउने कि कांग्रेसका लागि नेतृत्व फेर्ने ?: प्रदीप पौडेल
सबै भ्रष्टाचार काण्डको छानबिन गरी ५०० र १००० का नोट बन्द गरौँ: अर्जुन नरसिंह केसी
पार्टी नफुट्ने गरी विकल्प खोजौँ, सभापति बन्दसत्रमा आउनुपर्छ: सुनिल शर्मा
विशेष महाधिवेशन ‘मालिकको आदेश’ होइन, कार्यकर्ताको संरचना हो: पूर्वमुख्यमन्त्री कार्की
महामन्त्रीद्वयको अगुवाइमा कांग्रेसको विशेष महाधिवेशन सुरुः ५४ प्रतिशत प्रतिनिधिको समर्थन