काठमाडौँ । नेपाली कांग्रेसका नेता सुनिल शर्माले पार्टी सभापति शेरबहादुर देउवालाई विशेष महाधिवेशनको बन्दसत्रमा उपस्थित हुन चुनौती दिएका छन् ।
आइतबार भृकुटीमण्डपमा आयोजित विशेष महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै नेता शर्माले देशभरबाट आएका प्रतिनिधिको उपस्थिति देख्दा नेतृत्वले गम्भीर हुनुपर्ने बताए । सभापति र केन्द्रीय कमिटीको कार्यशैलीप्रति कटाक्ष गर्दै उनले भने, ‘सभापतिज्यू, तपाईंलाई देशभरबाट आएका यी अनुहारले गिज्याइरहेका छन् ।’
उनले अझै पनि समय बाँकी रहेको उल्लेख गर्दै सभापतिलाई बन्दसत्रमा सहभागी भएर कार्यकर्ताका कुरा सुन्न आग्रह गरे । पार्टीको एकता कायम राख्दै विभिन्न विकल्पमा छलफल गर्न सकिने उनको भनाइ थियो।
‘पार्टी फुट्दैन, तर सुधार आवश्यक छ,’ उनले थपे, ‘अझै केही बिग्रिएको छैन, बन्दसत्रमा आएर सबै विकल्पमा खुला छलफल गरौँ ।’
कांग्रेसलाई गुट, हिंसा र कृपाबाट मुक्त गरौँ: पुष्पा भुसाल

नेपाली कांग्रेसकी नेत्री पुष्पा भुसालले पार्टीलाई गुटबन्दी र कृपावादबाट मुक्त गरी विधिमा चलाउनुपर्नेमा जोड दिएकी छन्।
आइतबार काठमाडौँमा सुरु भएको पार्टीको विशेष महाधिवेशनलाई सम्बोधन गर्दै भुसालले पार्टीभित्रको विसंगति अन्त्य गर्न विशेष महाधिवेशनले नयाँ नीति र ऊर्जा दिनुपर्ने बताइन्। सम्बोधनका क्रममा उनले भनिन्, ‘कांग्रेस गुटबाट मुक्त हुनुपर्छ। हिंसाबाट मुक्त हुनुपर्छ र कसैको कृपाबाट अलग हुनुपर्छ।’
संस्थापन पक्षका ३० जना केन्द्रीय सदस्यहरूको प्रतिनिधित्व गर्दै महाधिवेशनमा सहभागी भएकी भुसालले आफूहरू कार्यकर्ताको भावना बुझेर यहाँ आएको स्पष्ट पारिन्। ‘हामी ३० जना केन्द्रीय सदस्यहरू नेतृत्वलाई बुझाउन नेताका घर-घरमा गयौँ, तर त्यहाँबाट निराश भएर फर्किएपछि ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिको हस्ताक्षरलाई सम्मान गर्न यहाँ आएका हौँ,’ उनले भनिन्।
उनले अब कांग्रेस व्यक्तिवादी ढङ्गले नभई विधि र विधानसम्मत रूपमा चल्नुपर्ने धारणा राखिन्। यो विशेष महाधिवेशनले पार्टीलाई नयाँ दिशा दिने उनको विश्वास छ।
छुट्ला नी !!
३५ वर्षसम्म हामीले बाटो बिरायौँ, अब ५० प्रतिशत नयाँ अनुहारलाई टिकट दिऊँ: विनोद चौधरी
नेतृत्व रक्षाका लागि कांग्रेस सिध्याउने कि कांग्रेसका लागि नेतृत्व फेर्ने ?: प्रदीप पौडेल
सबै भ्रष्टाचार काण्डको छानबिन गरी ५०० र १००० का नोट बन्द गरौँ: अर्जुन नरसिंह केसी
विशेष महाधिवेशन ‘मालिकको आदेश’ होइन, कार्यकर्ताको संरचना हो: पूर्वमुख्यमन्त्री कार्की
महामन्त्रीद्वयको अगुवाइमा कांग्रेसको विशेष महाधिवेशन सुरुः ५४ प्रतिशत प्रतिनिधिको समर्थन