काठमाडौँ । नेपाली कांग्रेसका नेता अर्जुन नरसिंह केसीले मुलुकमा भएका अहिलेसम्मका सबै चर्चित भ्रष्टाचार काण्डहरूको निष्पक्ष छानबिन हुनुपर्ने माग गरेका छन् ।
आइतबार भृकुटीमण्डपमा आयोजित विशेष महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै नेता केसीले भ्रष्टाचारकै कारण राजनीतिक दलहरू बदनाम भइरहेको बताए । उनले भ्रष्टाचार नियन्त्रणका लागि विशेष महाधिवेशनबाटै साहसिक निर्णय लिनुपर्नेमा जोड दिए ।
‘अहिलेसम्मका सबै चर्चित भ्रष्टाचार काण्डहरूको छानबिन गरौँ । त्यसका लागि पूर्व न्यायाधीशको नेतृत्वमा एक अधिकारसम्पन्न छानबिन समिति बनाउनुपर्छ,’ उनले प्रस्ताव गरे, ‘यस्तो निर्णय विशेष महाधिवेशनबाटै हुनुपर्छ, अनि मात्रै नयाँ र स्वच्छ कांग्रेस बन्छ ।’
नेता केसीले भ्रष्टाचार र अवैध धनको सञ्चय रोक्न ठूला दरका नोटमा प्रतिबन्ध लगाउनुपर्ने सुझाव समेत दिए। उनले भने, ‘भ्रष्टाचार अन्त्यका लागि हजार र पाँच सयका नोटहरू बन्द गर्नुपर्छ, यसले मात्रै सुशासनको जग बसाल्न मद्दत पुग्छ ।’
पदले मात्र मुलुक बन्दैन, समाजमा आशा जगाउन नेतृत्व फेर्नुपर्छ: नेता भण्डारी

नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले राजनीतिक दलहरूले मुलुकको शासन सत्ता प्रभावकारी रूपमा सञ्चालन गर्न नसक्दा अहिलेको संकटपूर्ण अवस्था आएको बताएका छन्।
आइतबार काठमाडौँमा सुरु भएको पार्टीको विशेष महाधिवेशनलाई सम्बोधन गर्दै नेता भण्डारीले देश र प्रजातन्त्र जोगाउन कांग्रेसले नयाँ बाटो लिनुपर्नेमा जोड दिए। उनले हालैका युवा आन्दोलनहरू (जेन-जी) तर्फ संकेत गर्दै देश संकटमा रहेको चर्चा गरे।
भण्डारीले नेतृत्वको क्षमतामाथि प्रश्न उठाउँदै भने, ‘असल मान्छे छैन भने जति पद दिए पनि मुलुक बन्दैन। हामीले ठूला-ठूला आन्दोलन त गर्न सक्यौँ, तर शासन सत्ता सञ्चालन गर्न सकेनौँ। त्यसैले अहिले समाजमा आशा जगाउन सकिएको छैन।’
अबको समय समाजमा आशा सञ्चार गर्ने बेला भएको उल्लेख गर्दै उनले विशेष महाधिवेशनले कांग्रेस र देशलाई नै सही दिशा दिने नेतृत्व चयन गर्नुपर्ने बताए। ‘विशेष महाधिवेशनले उपयुक्त नीति र सक्षम नेतृत्व दिनुपर्छ, जसले जनतामा फेरि भरोसा जगाउन सकोस्,’ उनले भने ।
छुट्ला नी !!
३५ वर्षसम्म हामीले बाटो बिरायौँ, अब ५० प्रतिशत नयाँ अनुहारलाई टिकट दिऊँ: विनोद चौधरी
नेतृत्व रक्षाका लागि कांग्रेस सिध्याउने कि कांग्रेसका लागि नेतृत्व फेर्ने ?: प्रदीप पौडेल
पार्टी नफुट्ने गरी विकल्प खोजौँ, सभापति बन्दसत्रमा आउनुपर्छ: सुनिल शर्मा
विशेष महाधिवेशन ‘मालिकको आदेश’ होइन, कार्यकर्ताको संरचना हो: पूर्वमुख्यमन्त्री कार्की
महामन्त्रीद्वयको अगुवाइमा कांग्रेसको विशेष महाधिवेशन सुरुः ५४ प्रतिशत प्रतिनिधिको समर्थन