कांग्रेस विशेष महाधिवेशन: गगन थापालाई सभापति बनाउने बन्दसत्रको ‘उद्घोष’, निर्वाचन तालिका अनुसार अघि बढ्ने तयारी

काठमाडौँ । नेपाली कांग्रेसको जारी विशेष महाधिवेशनको बन्दसत्रले महामन्त्री गगन थापालाई पार्टी सभापतिमा ‘बढुवा’ गर्ने (नेतृत्व सुम्पने) औपचारिक उद्घोष गरेको छ । बन्दसत्रका सभापति तारामान गुरुङले समापन सम्बोधनका क्रममा विशेष महाधिवेशनको मुख्य लक्ष्य नै नेतृत्व परिवर्तन रहेको खुलासा गरेका हुन् ।

बन्दसत्रका सभापतिको घोषणा:

सभापति गुरुङले आम कार्यकर्ता र शुभेच्छुकहरूको चाहना बमोजिम गगन थापालाई सभापति बनाउन इमानदारसाथ अघि बढ्ने बताए । उनले भने, “हाम्रो उद्देश्य र आम दाजुभाइको सरसल्लाह नै कांग्रेसको सभापतिमा गगन थापालाई अघि बढाउने हो । हामी कार्यतालिका अनुसार उम्मेदवारी दर्ता गरेर एक ढिक्का भई अगाडि बढ्नेछौँ ।”

भ्रम चिर्दै महामन्त्री थापा:

यसअघि बन्दसत्रलाई सम्बोधन गर्दै महामन्त्री गगनकुमार थापाले विशेष महाधिवेशनलाई बदनाम गर्न विभिन्न ‘हल्ला’ फैलाइएको भन्दै आक्रोश व्यक्त गरे ।

“बाहिर केही हुँदैन, जे निर्णय हुन्छ यही विशेष महाधिवेशनको हलबाट हुन्छ,” उनले भने, “कहिले टिकटको हल्ला चलाइएको छ, कहिले केको । हामीले नेतृत्व र नीति फेरौँ भनेका हौँ । हामी चुनाव लड्न र नलड्न दुवै अवस्थामा तयार छौँ, यसलाई हलुका ढङ्गले नलिनुहोस् ।”

महामन्त्री थापाले आफूहरूले ठूलो जोखिम उठाएर पार्टी सुधारको अभियान थालेको बताउँदै हलबाटै सबै विषयको छिनोफानो हुने स्पष्ट पारे । बन्दसत्रको यो घोषणासँगै अब कांग्रेसमा संस्थापन पक्ष र विशेष महाधिवेशन पक्षधरबीचको चुनावी प्रतिस्पर्धा थप रोचक हुने देखिएको छ ।

छुट्ला नी !!

कांग्रेस विशेष महाधिवेशन: आज नयाँ नेतृत्व चयन हुने

कांग्रेस विशेष महाधिवेशन: गगन थापालाई सभापति बनाउने बन्दसत्रको ‘उद्घोष’, निर्वाचन तालिका अनुसार अघि बढ्ने तयारी

नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै, संस्थापन इतर पक्ष असन्तुष्ट

कांग्रेस विशेष महाधिवेशन: महामन्त्रीद्वय गगन र विश्वप्रकाशको प्रतिवेदन पारित, ‘प्राइमरी निर्वाचन’ र ‘सांगठानिक शुद्धीकरण’को बाटो खुल्यो

कांग्रेस विशेष महाधिवेशनः मनोनयन दर्ता शुल्क तोकियो

कांग्रेस विवाद समाधानका लागि त्रिपक्षीय वार्ता: देउवालाई ब्रिफिङ गर्न सरकारी र इतर पक्ष महाराजगञ्जमा

कांग्रेस विशेष महाधिवेशन: नेतृत्व चयनका लागि निर्वाचन कार्यतालिका सार्वजनिक, आजै मनोनयन र राति मतदान

कांग्रेस विशेष महाधिवेशन: नेतृत्व चयनका लागि सीताराम केसीको संयोजकत्वमा निर्वाचन समिति गठन

काँग्रेस विशेष महाधिवेशन: प्रतिवेदन पारित भएपछि नेतृत्व चयनको प्रक्रिया सुरु हुने

नेपाली कांग्रेसमा ‘प्राइमरी निर्वाचन’ को प्रस्ताव: उम्मेदवार छनोट अब डिजिटल प्रणाली र आन्तरिक प्रतिस्पर्धाबाट

कांग्रेस विशेष महाधिवेशनमा राजतन्त्र र हिन्दु राष्ट्रको एजेण्डा

कांग्रेस संस्थापनले बोलाएको केन्द्रीय समिति बैठक विशेष महाधिवेशन पक्षधरद्वारा बहिष्कार

केदार कार्कीको अडान: ‘सत्यसँग हिजो पनि सम्झौता भएन, भोलि पनि हुँदैन’

कार्यकर्ताको भावनाविपरीत सम्झौता नगर्न वार्ता टोलीलाई करुणा कटवालको चेतावनी

कांग्रेस महाधिवेशनमा हस्ताक्षर गर्ने प्रतिनिधि ६३% पुगे, देउवाद्वारा कानुनी परामर्श सुरु

कांग्रेस कार्यवाहक सभापति खड्काको अपिल: ‘पार्टी एकतामा असर पर्ने काम नगरौँ, १५औँ महाधिवेशनबाटै नेतृत्व परिवर्तन सम्भव छ’

दलबल लिएर देउवा भेट्न पुगे शेखर

गगन र विश्वप्रकाशसँग वार्ता गर्न देउवाले खटाए खड्का र लेखक

विश्व प्रकाशको प्रस्ताव: एकपटक समानुपातिक पाएकाले अर्को पटक नपाउने 

देउवालाई गगनले फेरि भने-पार्टीको कार्यक्रम हो, आउनुस्

विशेष महाधिवेशनमा देउवा सहभागी नहुने, भ्रममा नपर्न सचिवालयको आग्रह

कांग्रेस विशेष महाधिवेशन: बिहान १० बजेदेखि बन्दसत्र,५६‍‍.१२% जनप्रतिनिधिले गरे हस्ताक्षर

कांग्रेसमा विश्वप्रकाशको ‘१-२-३-४’ प्रस्ताव: एक व्यक्ति २ पटक मात्र प्रधानमन्त्री बन्न पाउने

कांग्रेस दास र लासहरूको संगठन होइन, जिउँदाहरूको पार्टी हो: गगन थापा

३५ वर्षसम्म हामीले बाटो बिरायौँ, अब ५० प्रतिशत नयाँ अनुहारलाई टिकट दिऊँ: विनोद चौधरी

कांग्रेस विशेष महाधिवेशन : नेताको भाषण सुन्न होइन, नयाँ ‘रोडम्याप’ कोर्न आएका हौँ : करुणा कटुवाल

नेतृत्व रक्षाका लागि कांग्रेस सिध्याउने कि कांग्रेसका लागि नेतृत्व फेर्ने ?: प्रदीप पौडेल

सबै भ्रष्टाचार काण्डको छानबिन गरी ५०० र १००० का नोट बन्द गरौँ: अर्जुन नरसिंह केसी

पार्टी नफुट्ने गरी विकल्प खोजौँ, सभापति बन्दसत्रमा आउनुपर्छ: सुनिल शर्मा

विशेष महाधिवेशन ‘मालिकको आदेश’ होइन, कार्यकर्ताको संरचना हो: पूर्वमुख्यमन्त्री कार्की

महामन्त्रीद्वयको अगुवाइमा कांग्रेसको विशेष महाधिवेशन सुरुः ५४ प्रतिशत प्रतिनिधिको समर्थन

 

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै