काठमाडौँ । आर्थिक वर्ष २०८२/८३ को चैत महिनासम्ममा जीवन बीमा कम्पनीहरुको व्यापार १३.२० प्रतिशतले वृद्धि भएको छ । चैत महिनासम्ममा जीवन बीमा कम्पनीहरुले १ खर्ब ४३ अर्ब ८१ करोड रुपैयाँ बढीको व्यापार गरेका छन् । गत आवको चैत मसान्तसम्म बीमा कम्पनीहरूले १ खर्ब २७ अर्ब ३ करोड रुपैयाँ बीमा शुल्क संकलन गरेका थिए ।
पछिल्लो ९ महिनामा ठूला जीवन बीमा कम्पनीहरूले १ खर्ब ४० अर्ब ४५ करोड र लघु जीवन बीमा कम्पनीहरूले ८ अर्ब ४५ करोड रुपैयाँ बीमा शुल्क संकलन गरेका छन् । यस अवधिमा सबैभन्दा धेरै नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले कुल बीमाशुल्क संकलन गरेको छ । कम्पनीले ३६ अर्ब ८६ करोड १९ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको छ । दोस्रोमा नेशनल लाइफ रहेको छ । कम्पनीले १७ अर्ब ७ करोड ९४ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको छ । एलआइसी नेपालले १५ अर्ब १७ करोड ८ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको छ । हिमालयन लाइफले १३ अर्ब २६ करोड ६१ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको छ ।
राष्ट्रिय जीवन बीमा कम्पनीले ९ अर्ब ११ करोड ८३ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको छ । सूर्यज्योति लाइफले ८ अर्ब ५५ करोड १५ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको छ । एशियन लाइफले ७ अर्ब २४ करोड ७० लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको छ । सिटिजन लाइफले ६ अर्ब ६ करोड ७१ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको छ । सानिमा रिलायन्स लाइफले ५ अर्ब ४२ करोड ४४ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको छ ।
आइएमई लाइफले ४ अर्ब ९५ करोड १३ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको छ । मेट लाइफले ४ अर्ब ९० करोड ५४ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको छ । रिलायबल नेपाल लाइफले ४ अर्ब ४४ करोड ९० लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको छ । प्रभु महालक्ष्मी लाइफले ४ अर्ब १९ करोड २२ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको छ । सन नेपाल लाइफले ३ अर्ब १७ करोड १९ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको छ ।
३ लघु जीवन बीमा कम्पनीले ८ अर्ब ४५ करोड ६१ लख रुपैयाँ बीमा शुल्क संकलन गर्दा क्रेष्ट माइक्रो लाइफले ३० करोड ५४ लाख रुपैयाँ संकलन गरेको छ । क्रेष्टलाई टक्कर दिँदै गार्डियन माइक्रो लाइफले ३० करोड ४० लाख र लिबर्टी माइक्रो लाइफले २३ करोड ६० लाख रुपैयाँ बराबरको व्यापार गरेको छ ।
प्रथम बीमा शुल्कमा भने गार्डियन अगाडि छ । गार्डियनले २८ करोड ८० लाख रुपैयाँ प्रथम बीमा शुल्क संकलन गरेको छ भने क्रेष्टले २८ करोड ५६ लाख रुपैयाँ संकलन गरेको छ । लिबर्टीले २० करोड ५१ लाख रुपैयाँ प्रथम शुल्क संकलन गरेको छ ।