थापाथलीको सुकुम्बासी बस्ती खाली, अब गैरीगाउँको पालो

काठमाडौँ । काठमाडौँको थापाथलीस्थित बागमती नदी किनारमा रहेको सुकुम्बासी बस्ती आज खाली गरिएको छ । सरकारले सार्वजनिक जग्गा अतिक्रमण गरी बनाइएका अनधिकृत संरचना हटाउने निर्देशन दिएसँगै आज बिहानैदेखि थापाथली क्षेत्र खाली गराइएको हो ।

अप्रिय घटना हुन नदिन थापाथली क्षेत्रमा ठूलो सङ्ख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ । सुरक्षाकर्मीको उपस्थिति र सरकारको कडा निर्देशनपछि त्यहाँ बसोबास गरिरहेका व्यक्तिहरू आफ्ना सामानसहित अन्यत्र सरेका हुन् ।

जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता पवनकुमार भट्टराईका अनुसार थापाथलीको अनधिकृत टहरा हटाइसकेपछि आजै काठमाडौँ महानगरपालिका–९ स्थित गैरीगाउँको सुकुम्बासी बस्ती पनि खाली गर्ने तयारी भइरहेको छ ।

“थापाथलीको काम सकिएलगत्तै हामी गैरीगाउँको बस्ती खाली गराउनेतर्फ केन्द्रित हुनेछौँ,” प्रवक्ता भट्टराईले जानकारी दिए । काठमाडौँका नदी किनारका सार्वजनिक जग्गा खाली गराउने अभियानलाई सरकारले पछिल्लो समय तीव्रता दिएको छ ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै