काठमाडौँ । वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले स्थलगत अनुगमनको क्रममा कैफियत देखिएपछि दुई वटा फर्मलाई जरिवाना गरेको छ ।
विभागका अनुसार, सार्प इन्टरनेशनल एपरपोर्ट सर्भिसेज प्रालि काठमाडौंलाई तीन लाख बराबर जरिवाना गरेको छ । यस्तै, यमी क्याफे एण्ड वार एपरपोर्टलाई दुई लाख पाँच हजार बराबरको जरिवाना गरेको छ । उपभोक्ता संरक्षण ऐन, २०७५ बमोजिम ती फर्मलाई कारवाही गरिएको विभागले जनाएको छ ।
यस्तै, होटल सोनिगः, कान्तिपुर क्याफे, क्लासिक मार्टस र प्रोएक्टिभ विजनेश सेन्टरलाई व्यवसायसँग सम्बन्धित कागजात लिएर उपसिथ्त हुन निर्देशन दिइएको छ ।
विभिन्न ६ वटा फर्मलाई भने सुधारात्मक निर्देशन दिएको छ । उपभोक्ता अधिकारकर्मी, सरोकारवालाको उपस्थितिमा विभागले नियमित रूपमा अनुगमन गर्दै आएको स्पष्ट पारेको छ ।