राप्रपा उपाध्यक्ष एवं पूर्वमन्त्री विक्रम पाण्डे पक्राउ

काठमाडौँ ।  राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का उपाध्यक्ष एवं पूर्वमन्त्री विक्रम पाण्डेलाई प्रहरीले पक्राउ गरेको छ । सरकारी बोलपत्र (टेन्डर) आह्वान गरिने वेबसाइटमा अनधिकृत पहुँच पुर्‍याएर ठेक्का आफ्नो कम्पनीको पक्षमा पारेको आरोपमा उनलाई शुक्रबार काठमाडौंबाट पक्राउ गरिएको हो ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) का प्रमुख, एआईजी डा. मनोज केसीले पाण्डेलाई अनुसन्धानका लागि नियन्त्रणमा लिइएको पुष्टि गरे । पाण्डेमाथि ई-बिडिङ प्रणाली ह्याक गरी मिलेमतोमा ठेक्का लिएको गम्भीर आरोप छ ।

कालिका कन्स्ट्रक्सनका सञ्चालक समेत रहेका पाण्डे यसअघि पनि विभिन्न विवादमा तानिँदै आएका छन् । राष्ट्रिय गौरवको आयोजना ‘सिक्टा सिँचाइ’ मा भ्रष्टाचार गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०७५ सालमा उनीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको थियो । यद्यपि, उक्त मुद्दामा २०७९ असारमा विशेष अदालतले उनलाई सफाइ दिएको थियो ।

चितवन क्षेत्र नम्बर ३ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य पाण्डे २०७९ सालमा पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारमा सहरी विकास मन्त्री बनेका थिए ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै