सेनाको चेतावनी: भ्रामक सूचना फैल्याउनेलाई कारबाही हुन्छ, निगरानी भइरहेको छ

काठमाडौँ । नेपाली सेनाले हालै विभिन्न सञ्चार माध्यम र सामाजिक सञ्जालमा सेनासम्बन्धी प्रसारित भइरहेका सूचना र अभिव्यक्तिप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले शुक्रबार जारी गरेको प्रेस नोटमा यस्ता कपोकल्पित सामग्रीहरूले आमनागरिकमा भ्रम सिर्जना गर्ने भएकाले भ्रामक सूचना प्रसारण नगर्न र नगराउन आग्रह गरिएको छ।

सेनाले यस्ता उच्छृङ्खल तथा अराजक गतिविधिहरूको निरन्तर निगरानी भइरहेको उल्लेख गर्दै गलत सूचना फैल्याउने व्यक्तिहरू प्रचलित कानुनअनुसार कारबाहीको दायरामा आउने चेतावनी दिएको छ।

यसका साथै आमनागरिकलाई आधारहीन र द्वेषपूर्ण समाचार तथा टिप्पणीमा विश्वास नगर्न आग्रह गर्दै आधिकारिक जानकारीका लागि आधिकारिक विज्ञप्ति, सामाजिक सञ्जाल तथा वेबसाइटमार्फत् आउने सूचनामात्र अनुसरण गर्न भनिएको छ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै