काठमाडौँ: काठमाडौँका सुकुम्वासीहरूले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय कार्यालयबाहिर विरोध प्रदर्शन गर्ने तयारी गरेका छन्। थापाथलीलगायतका क्षेत्रका सुकुम्वासीहरू शुक्रबार (वैशाख ११ गते) दिउँसो वनस्थलीस्थित रास्वपा कार्यालयतर्फ जान लागेका हुन्।
सरकारले सुकुम्वासी बस्ती खाली गराउने तयारी गरेपछि त्यसको विरोधमा उनीहरू शुक्रबार बिहानैदेखि आन्दोलित भएका छन्। सरकारले शनिबार (वैशाख १२ गते) बिहानदेखि बस्ती खाली गराउने योजना बनाएको बुझिएको छ।