व्यवसायी गोल्छा पक्राउको विरोधमा निजी क्षेत्रका तीन शीर्ष संस्थाद्धारा सरकारको गम्भीर ध्यानाकर्षण

काठमाडौँ । उद्योगी शेखर गोल्छाको पक्राउप्रति निजी क्षेत्रका तीन प्रमुख छाता संगठनहरूले कडा आपत्ति जनाएका छन् ।

नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ र नेपाल चेम्बर अफ कमर्सले एक संयुक्त विज्ञप्ति जारी गर्दै पछिल्ला धरपकडका घटनाले निजी क्षेत्रलाई निरुत्साहित बनाएको उल्लेख गरेका छन् ।

नयाँ सरकार गठनसँगै लगानीको वातावरण सुध्रने अपेक्षा गरिएका बेला भएका यस्ता थुनछेकले व्यवसायीहरूमा त्रास फैलाएको उनीहरूको ठहर छ ।

विज्ञप्तिमा भनिएको छ, “अर्थतन्त्रमा ८१ प्रतिशत र रोजगारीमा ८६ प्रतिशत योगदान दिने निजी क्षेत्र असुरक्षित हुँदा त्यसको सीधा असर राजस्व संकलन र पूर्वाधार विकासमा पर्नेछ।”

व्यवसायीहरूले आर्थिक कसुरका मुद्दामा अनुसन्धान नसकिँदै र कसुर प्रमाणित नहुँदै पक्राउ गर्ने परिपाटी बन्द गर्न सरकारसँग आग्रह गरेका छन्। अनुसन्धानमा सहयोग गर्ने प्रतिबद्धता जनाउँदा-जनाउँदै पनि पक्राउ गरिनुले समग्र आर्थिक प्रणालीमै नकारात्मक सन्देश जाने उनीहरूको चिन्ता छ ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै