गोल्छाले नवलपुरमा सञ्चालनमा ल्याए लुब्रिकेन्ट उद्योग, १५० जनालाई रोजगारी

काठमाडौँ ।  व्यवसायी शेखर गोल्छाले नवलपुरमा अटो मोबाइल केन्द्रनिकट उद्योग सञ्चालनमा ल्याएका छन् ।

नेपाल उद्योग वाणिज्य महासंघका निवर्तमान अध्यक्ष समेत रहेका गोल्छा आज बिहान पक्राउ परेको भनेर गलत सूचना समेत सम्प्रेषण भएको थियो । पछि उनी पक्राउ नपरेको भनेर प्रहरीले नै पुष्टि गरेको थियो । त्यस लगत्तै गोल्छाले सामाजिक सञ्जालमार्फत नवलपुरको देवचुलीमा उक्त उद्योग सञ्चालनमा ल्याएको घोषणा गरेका हुन् ।

अटो मोबाइल लुब्रिकेन्ट उत्पादन गर्न पाउँदा गर्व महसुस भएको उनले बताए । ‘नवलपुरको देवचुलीमा रहेको हाम्रो सर्भो औद्योगिक तथा अटोमोबाइल लुब्रिकेन्ट उत्पादन सुविधामा उत्पादन सुरु भएको घोषणा गर्न पाउँदा गर्व महसुस भइरहेको छ,’ उनले फेसबुकमा भनेका छन्, ‘यो विश्वास, साझा दृष्टिकोण र गुणस्तरप्रति प्रतिबद्धतामा निर्मित इन्डियन आयल कर्पोरेसन र गोल्छा समूह बीचको बलियो साझेदारीको परिणाम हो । यो सुविधाले १५० जनाको लागि रोजगारी सिर्जना गर्नेछ र नेपाललाई अझ आत्मनिर्भर देश बनाउने दिशामा एक कदम हो ।’

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै