काठमाडौँ । हिमालयन लाइफ इन्स्योरेन्सको नवनियुक्त अध्यक्षमा नारायण बजाजले पद तथा गोपनीयताको सपथ लिएका छन् । नवनियुक्त अध्यक्ष बजाजलाई आज नेपाल बीमा प्राधिकरणकी अध्यक्ष चन्द्रकला पौडेलले पद तथा गोपनीयताको सपथ गराएकी हुन् ।
हिमालयन लाइफको चैत २३ गते बसेको सञ्चालक समितिको बैठकले बजाजलाई अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको थियो । बैठकले उनलाई लक्ष्मी कर्प नेपालका तर्फबाट सञ्चालक समितिमा रिक्त संस्थापक समूहबाट सदस्यमा चयन गर्दै अध्यक्षमा नियुक्त गरेको हो ।
यसअघि हिमालयन लाइफको अध्यक्षमा शुभल अग्रवाल रहेका थिए । उनले व्यक्तिगत कारण उल्लेख गर्दै चैत १९ गते अध्यक्षबाट राजीनामा दिएका थिए । बाँकी कार्यकालका लागि बजाजलाई कम्पनीले अध्यक्षमा नियुक्त गरेको हो ।