बीमा कम्पनीहरू पनि सातामा दुई दिन बन्द हुने, प्राधिकरणले जारी गर्दैछ परिपत्र

काठमाडौँ । अबदेखि बीमा कम्पनीहरू पनि सातामा दुई दिन (शनिबार र आइतबार) बन्द हुने भएका छन् । सरकारको निर्णयलाई पछ्याउँदै नेपाल बीमा प्राधिकरणले बीमा कम्पनीहरूका लागि साताको दुई दिन बिदा दिने तयारी गरेको हो ।

मन्त्रिपरिषद्को हालै बसेको बैठकले इन्धन खपत कम गर्ने उद्देश्यले परीक्षणका रूपमा सरकारी निकाय र शैक्षिक संस्थाहरूमा शनिबार र आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेको थियो । सरकारको सोही निर्णय कार्यान्वयनका लागि बीमा कम्पनीहरूलाई पनि दुई दिन बिदा दिन परिपत्र जारी गर्ने तयारी भइरहेको प्राधिकरणकी प्रवक्ता पुजन ढुङ्गेलले जानकारी दिए ।

नयाँ कार्यतालिका यस्तो रहनेछ:

प्राधिकरणका अनुसार बिदा थपिएसँगै कार्यालय समयमा पनि केही परिमार्जन गरिएको छ । अब बीमा कम्पनीहरू:

सोमबारदेखि बिहीबारसम्म: बिहान ९:०० बजेदेखि साँझ ५:०० बजेसम्म ।

शुक्रबार: बिहान ९:०० बजेदेखि अपराह्न ४:०० बजेसम्म खुला रहनेछन् ।

यसअघि नेपाल राष्ट्र बैंकले पनि सरकारको निर्णयअनुसार बैंक तथा वित्तीय संस्थाहरू सातामा दुई दिन बन्द रहने गरी परिपत्र जारी गरिसकेको छ । बीमा प्राधिकरणले पनि सोही अनुरूपको व्यवस्था मिलाउन लागेको प्रवक्ता ढुङ्गेलको भनाइ छ ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै