पाँच घण्टासम्म समानुपातिक सांसदसँग सिंहदरबारमा प्रधानमन्त्रीको छलफल

काठमाडौँ ।  प्रधानमन्त्री बालेन शाहले सबै पार्टीका तर्फबाट संघीय संसदमा प्रतिनिधित्व गर्ने समानुपातिक सांसदहरूसँग छलफल गरेका छन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा भएको छलफलमा विभिन्न क्लस्टरका सांसदहरूले राखेको समस्या, चुनौती तथा समाधानका उपायबारे प्रत्यक्ष रूपमा धारणा सुनेका हुन् ।

छलफलमा सहभागी सांसदहरूले समानुपातिकतर्फका विभिन्न क्लस्टरहरूका फरकफरक मुद्दाहरूका बारेमा आफ्नो कुरा राखेका थिए । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद आकृति अवस्थीले छलफलको उद्देश्य विभिन्न क्लस्टरबीचको अनुभव आदानप्रदान र प्रतिनिधित्व सुनिश्चित गर्नु रहेको बताइन् ।

उनले भनिन्, ‘हाम्रो मुख्य कुरा भनेको समानुपातिकतर्फका विभिन्न क्लस्टरका आफ्ना एजेन्डा र भोगिरहेका समस्याहरू प्रस्तुत गर्ने थियो। साथै, एक क्लस्टरको समस्या अर्को क्लस्टरले पनि बुझ्नुपर्छ, ताकि कुनै क्लस्टरको प्रतिनिधि अनुपस्थित हुँदा अरूले पनि त्यसको प्रतिनिधित्व गर्न सकून् ।’ प्रधानमन्त्रीले पार्टीभन्दा माथि उठेर राष्ट्रिय मुद्दाका रूपमा सबै क्लस्टरका समस्याहरू सुनेको बताइन् ।

उनले थपिन्, ‘अहिले पार्टीको कुरा होइन, नेपालको कुरा भइरहेको छ। संविधानले व्यवस्था गरेका सबै क्लस्टरका जुनसुकै पार्टीका प्रतिनिधिहरूले आफ्ना समस्या राख्नुभयो र उहाँले करिब पाँच घण्टासम्म सबैको कुरा सुन्नुभयो।’

प्रधानमन्त्रीबाट विद्यमान नीतिगत पहललाई निरन्तरता दिँदै आवश्यक सुधार गरिने संकेत प्राप्त भएको बताइन् । उनले भनिन्, ‘सरकारले ल्याएको १० बुँदे कार्यक्रममै धेरै विषय समेटिएका छन्। आगामी दिनमा शिक्षा, स्वास्थ्य, समानता र समताको विषयलाई अघि बढाइने कुरा भएको छ ।’

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै