हिमालयन रिइन्स्योरेन्सको सञ्चालक समिति पुनर्गठन

काठमाडौँ । हिमालयन रिइस्न्योरेन्स लिमिटेडको सञ्चालक समिति पुनर्गठन भएको छ । कम्पनीको वैशाख ४ गते बसेको सञ्चालक समितिको बैठकले ४ जना सञ्चालकको राजीनामा स्वीकृत गर्दै २ जनालाई नियुक्त गरेको हो ।

बैठकले शेयरधनी समूह ‘क’ का प्रतिनिधित्व गर्दै आएका अमित मोर, शेयरधनी समूह ‘ख’ को प्रतिनिधित्व गर्दै आएका राजीव मोर र शुभेच्छा खरेल र स्वतन्त्र सञ्चालक शुभाष कुमार झुनझुनवालाको राजीनामा स्वीकृत गरेको हो ।

साथै सोही बैठकले शेयरधनी समूह ‘क’ (कालिका फिन्कोर्प प्रा.लि) को प्रतिनिधिको रूपमा दिपक कुमार मिश्र र स्वतन्त्र सञ्चालकको रूपमा आशिष चन्द्र न्यौपानेलाई आगामी वार्षिक साधारणसभा सम्मका लागि सञ्चालकको रूपमा नियुक्ति गरेको छ ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै