हिमालयन रिइन्स्योरेन्सको अध्यक्षमा निरौला नियुक्त, सञ्चालक समितिमा व्यापक हेरफेर

काठमाडौँ । हिमालयन रिइन्स्योरेन्स लिमिटेडको सञ्चालक समितिमा व्यापक हेरफेर गरिएको छ । कम्पनीको ८२ औँ बैठकले संस्थापक शेयरधनीहरूको प्रतिनिधित्व गर्ने सञ्चालकहरूमा परिवर्तन गर्दै समिति पुनर्गठन गरेको हो ।

कम्पनीका अनुसार, सञ्चालक समितिको नयाँ अध्यक्षमा उदयकुमार निरौला नियुक्त हुनुभएको छ। बैठकले निरौलालाई चैत २५ गतेदेखि लागू हुने गरी अध्यक्ष चयन गरेको हो ।

सञ्चालक समितिमा को-को फेरिए ?

समिति पुनर्गठन भएसँगै केही पुराना सञ्चालकहरूको स्थानमा नयाँ अनुहार आएका छन्:

उदयकुमार निरौला: साविकका सञ्चालक शेखर गोल्छाको स्थानमा।

दिपेन्द्रकुमार मिश्र: शाहिल अग्रवालको स्थानमा।

पृथ्वीराज थापा: रोहित गुप्ताको स्थानमा।

नयाँ नियुक्त सञ्चालकहरूको कार्यकाल आगामी वार्षिक साधारण सभासम्म रहने कम्पनीले जनाएको छ । सञ्चालक समितिमा भएको यो ठूलो हेरफेरलाई कम्पनीको भावी रणनीति र व्यवस्थापनमा आएको परिवर्तनका रूपमा हेरिएको छ ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै