काठमाडौँ । नेपाल धितोपत्र बोर्डले लक्ष्मी सनराइज बैक कोष प्रवर्द्धक र लक्ष्मी सनराइज क्यापिटल योजना व्यवस्थापक रहेको नयाँ म्युचुअल फन्डलाई सार्वजनिक निष्कासनका लागि अनुमति प्रदान गरेको छ ।
नेपाल धितोपत्र बोर्डले २०८३ वैशाख २ गते ‘एलएस होराइजन १२’ बन्दमुखी योजना लाई स्वीकृति दिएको हो । १२ बर्ष अवधि रहेको उक्त योजनाअन्तर्गत १२ करोड इकाई निष्कासन गरिनेछ, जसको प्रति इकाई मूल्य १० रुपैयाँ रहेको छ ।
बन्दमुखी योजना भएकाले यो निश्चित अवधिसम्म सञ्चालनमा रहनेछ । साथै कम्पनीले यस अधि सफलता पूर्वक उच्च प्रतिफल दिने सफल योजनाहरु सन्चालन गरिसकेको छ ।
धितोपत्र बोर्डको यस निर्णयसँगै नेपाली पूँजी बजारमा सामूहिक लगानी कोषको दायरा अझ फराकिलो हुने कम्पनीले अपेक्षा गरिएको छ, जसले साना तथा ठूला लगानीकर्तालाई व्यवस्थित रूपमा लगानी गर्ने अवसर प्रदान गर्नेछ ।