सेयर बजारमा ३३ अंककाे उछाल, साढे १० अर्ब बढीको कारोबार

काठमाडौँ । बुधबार शेयर बजारमा उल्लेख्य सुधार देखिएको छ । नेप्से परिसूचक ३३.२७ अंकले उकालो लाग्दै २८६६.८७ बिन्दुमा पुगेको हो ।

आजको कारोबारमा २ करोड ६४ लाख ३८ हजार कित्ता शेयर किनबेच हुँदा कुल कारोबार रकम १० अर्ब ५३ करोड ७० लाख रुपैयाँ पुगेको छ ।

कारोबार भएका कम्पनीहरूमध्ये २२१ कम्पनीको शेयर मूल्य बढेको छ भने ४५ कम्पनीको घटेको छ । तीन कम्पनीको मूल्य भने यथावत् रहेको छ ।

आज सबैभन्दा बढी कारोबार शिवम् सिमेन्टको भएको छ, जसको कारोबार रकम ५८ करोड ९ लाख रुपैयाँ नाघेको छ ।

त्यसपछि नेशनल हाइड्रोपावरको ५७ करोड ११ लाख, रिलायन्स स्पिनिङ मिल्सको ४९ करोड ४१ लाख, सोलु हाइड्रोपावरको ४१ करोड ३२ लाख र रिडी पावरको ३७ करोड ६५ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै