सुनको मूल्यमा उछाल: प्रतितोला ३ लाख नाघ्यो, चाँदी भने घट्यो

काठमाडौँ । नेपाली बजारमा सुनको मूल्यले पुनः नयाँ उचाइ कायम गरेको छ। मंगलबार (वैशाख ९ गते) सुनको मूल्य प्रतितोला एक हजार ६०० रुपैयाँले बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला ३ लाख १ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ । यो नेपाली बजारमा हालसम्मकै उच्च मूल्य हो। सोमबार सुन प्रतितोला २ लाख ९९ हजार ७०० रुपैयाँमा खरिदबिक्री भएको थियो ।

सुनको मूल्य बढे पनि चाँदीको मूल्यमा भने सामान्य गिरावट आएको छ। सोमबारको तुलनामा चाँदी तोलामा ३० रुपैयाँले घटेर प्रतितोला ५ हजार १६० रुपैयाँ कायम भएको छ। सोमबार चाँदी ५ हजार १९० रुपैयाँमा कारोबार भएको थियो।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै