काठमाडौँ । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलामा १ हजार ३०० रुपैयाँले घटेको हो ।
आज सुनको मूल्य प्रतितोला २ लाख ९९ हजार ७०० रुपैयाँ कायम भएको छ । अघिल्लो दिन आइतबार भने सुन प्रतितोला ३ लाख १ हजार रुपैयाँमा कारोबार भएको थियो ।
यसैगरी चाँदीको मूल्यमा पनि गिरावट आएको छ । आज चाँदी प्रतितोला ५ हजार १९० रुपैयाँमा कारोबार भइरहेको छ, जुन आइतबारको ५ हजार २२५ रुपैयाँको तुलनामा कम हो ।
अन्तर्राष्ट्रिय बजारको उतारचढावसँगै स्थानीय बजारमा पनि मूल्य समायोजन भइरहेको व्यवसायीहरू बताउँछन् ।