अमेरिकामाथि भरोसा गर्न सकिँदैन, सेना युद्धका लागि तयार छ: इरानी सभामुख

एजेन्सी । इरानले अमेरिकामाथि भरोसा गर्न नसकिने भन्दै जुनसुकै बेला युद्ध हुन सक्ने चेतावनी दिएको छ । इरानी संसदका सभामुख मोहम्मद बगेर गालिबाफले शनिबार राति एक बयान जारी गर्दै इरानी सेना ‘हाइ अलर्ट’ (पूर्ण तयारी) मा रहेको बताएका हुन् ।

सभामुख गालिबाफले अमेरिकाले इरानी बन्दरगाहहरूमा लगाएको नाकाबन्दीलाई ‘लापरवाह निर्णय’ भन्दै यसले क्षेत्रीय तनाव निम्त्याउने चेतावनी दिए ।

होर्मुज जलसन्धिमा तनाव र भारतीय जहाजमाथि आक्रमण

इरानले रणनीतिक महत्त्वको होर्मुज जलसन्धि (Strait of Hormuz) पुनः बन्द गर्ने घोषणा गरेको छ । यसै क्रममा इरानी सेनाले होर्मुज क्षेत्रमा दुईवटा भारतीय जहाजमाथि गोली चलाएको दाबी गरिएको छ। भारतले आफ्ना १४ मध्ये १३ जहाज फिर्ता पठाउनु परेको भन्दै यस घटनाको कडा विरोध जनाएको छ ।

इरानले अमेरिकामाथि सीजफायर उल्लंघनको आरोप लगाउँदै स्ट्रेट फेरि बन्द गरेको घोषणा गरेको छ ।

इरानी चेतावनीका मुख्य बुँदाहरू:

जवाफी नाकाबन्दी: यदि इरानी जहाजलाई आवतजावतमा रोक लगाइए अन्य देशका जहाजलाई पनि होर्मुज जलसन्धि पार गर्न नदिने।

माइन–क्लियरिङ: सो क्षेत्रमा हुने कुनै पनि माइन–क्लियरिङ गतिविधिलाई युद्धविराम (Ceasefire) को उल्लङ्घन मानिने र कडा जवाफ दिइने।

वार्ता र शक्ति: इरान वार्ताका लागि तयार रहे पनि यसलाई कमजोरी ठान्ने भूल नगर्न अमेरिकालाई चेतावनी।

तेल संकट र वार्ताको चर्चा

तनावका कारण आपूर्तिमा समस्या देखिएपछि अमेरिकाले आफ्नो आपत्कालीन भण्डार (Emergency Reserve) बाट २ करोड ६० लाख ब्यारेल तेल बजारमा पठाएको दाबी गरिएको छ । यसैबीच, अमेरिका र इरानबीच सोमबार पाकिस्तानमा नयाँ चरणको वार्ता हुन सक्ने चर्चा चले पनि यसको औपचारिक पुष्टि हुन बाँकी छ  ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै