सुनको मूल्य प्रतितोला ३ लाख नाघ्यो, आइतबार १२ सय रुपैयाँले बढ्यो

काठमाडौँ । नेपाली बजारमा सुनको मूल्य आइतबार प्रतितोला ३ लाख रुपैयाँ नाघेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्यमा प्रतितोला १ हजार २०० रुपैयाँले वृद्धि भएको हो ।

महासंघले आजका लागि छापावाल सुनको मूल्य ३ लाख १ हजार रुपैयाँ कायम गरेको छ । यसअघि गत शुक्रबार सुन प्रतितोला २ लाख ९९ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।

त्यसैगरी, आज चाँदीको मूल्यमा पनि वृद्धि भएको छ । चाँदी तोलामा ९५ रुपैयाँले बढेर ५ हजार २२५ रुपैयाँ पुगेको छ । शुक्रबार चाँदी प्रतितोला ५ हजार १३० रुपैयाँमा किनबेच भएको थियो ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै