कालिञ्चोक हाइड्रोपावरको आईपीओ बाँडफाँड: ६८ हजारलाई १० कित्ता, २५ लाख बढीको हात रित्तो

काठमाडौँ । कालिञ्चोक हाइड्रोपावर लिमिटेडको साधारण शेयर (आईपीओ) सोमबार बाँडफाँड गरिएको छ । बिक्री प्रबन्धक आरबिबि मर्चेण्ट बैंकिङ्ग लिमिटेडको कार्यालयमा भएको बाँडफाँडमा गोलाप्रथामार्फत ६८ हजार ४७५ जना आवेदकले १०–१० कित्ताका दरले शेयर हात पारेका छन् ।

२५ लाख ६७ हजारको हात रित्तो

कम्पनीले सर्वसाधारणका लागि ६ लाख ८४ हजार कित्ता शेयर निष्कासन गरेको थियो । जसमा २७ लाख ८४ हजार ५१९ जनाले आवेदन दिएकोमा २६ लाख ३५ हजार ६३४ जनाको मात्रै आवेदन स्वीकृत भएको थियो । मागभन्दा अत्यधिक आवेदन परेकाले स्वीकृत आवेदकहरूमध्ये ९७ प्रतिशत अर्थात् २५ लाख ६७ हजार १५९ जनाको हात रित्तो भएको छ ।

यस्तो छ शेयर बाँडफाँडको संरचना:

कम्पनीले कुल १३ लाख ७५ हजार कित्ता आईपीओ जारी गर्ने अनुमति पाएको थियो, जसको वर्गीकरण निम्नानुसार गरिएको छ:

आयोजना प्रभावित स्थानीय: ५ लाख ५० हजार कित्ता (बाँडफाँड भइसकेको)

वैदेशिक रोजगारीमा रहेका नेपाली: ८२ हजार ५०० कित्ता (बाँडफाँड भइसकेको)

सामूहिक लगानी कोष: ४१ हजार २५० कित्ता

कर्मचारी: १६ हजार ५०० कित्ता

सर्वसाधारण: ६ लाख ८४ हजार कित्ता (आज बाँडफाँड गरिएको)

नतिजा कहाँ हेर्ने ?

लगानीकर्ताले आईपीओ बाँडफाँडको नतिजा सिडिएस एण्ड क्लियरिङको iporesult.cdsc.com.np, बिक्री प्रबन्धक आरबिबि मर्चेण्ट बैंकिङ्गको वेबसाइट वा कालिञ्चोक हाइड्रोपावरको आधिकारिक वेबसाइटबाट हेर्न सक्नेछन् ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै