काठमाडौँ । हिमालयन रि–इन्स्योरेन्सको सञ्चालक समितिको अध्यक्षबाट शेखर गोल्छाले राजीनामा दिएका छन् । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) का पूर्वअध्यक्ष समेत रहेका गोल्छाले रि–इन्स्योरेन्सको अध्यक्षबाट राजीनामा दिनुको व्यवसायिक कारण रहेको बताएका छन् ।
गोल्छा अर्गनाइजेसन अन्तर्गतको हुलास फिनसर्भको व्यवसायमा सक्रिय हुनुपर्नाका कारण रि–इन्स्योरेन्सको अध्यक्षबाट आफुले राजीनामा दिएको गोल्छाको भनाइ छ । हुलास फिनसर्भ हायर पर्चेच कम्पनी हो ।
कम्पनीले छिट्टै सर्वसाधारणमा ७४ करोड ७६ लाख १३ हजार रुपैयाँ बराबरको शेयर जारी गर्दैछ । १०० रुपैयाँ अंकित शेयरमा २५८ रुपैयाँ ८५ पैसा प्रिमियम थपेर ३५८ रुपैयाँ ८५ पैसाका दरमा शेयर बिक्री गर्ने तयारी गरेको छ ।
कम्पनीले नियामक धितोपत्र बोर्डमा शेयर निकास्नका लागि आवेदन समेत दिइसकेको छ । यसैका लागि ध्यान दिनुपर्ने हुँदा अध्यक्षबाट राजीनामा दिएको गोल्छाको भनाइ छ ।
साधारण सेयर निष्कासनका लागि धितोपत्र बोर्डमा आवेदन दिइसकेको छ । गोल्छाले २५ फागुन, २०८२ मा रि–इन्स्योरेन्सको अध्यक्षबाट राजीनामा दिएका थिए। यसलगत्तै ५ चैतमा बसेको रि–इन्स्योरेन्स सञ्चालक समितिको बैठकले गोल्छाको राजीनामा स्वीकृत गरेको हो ।