बुक बिल्डिङ्ग विधिबाट शेयर जारी गर्दै नर्भिक इन्टरनेशनल हस्पिटल, संस्थागत लगानीकर्तासँग आशयपत्र माग

काठमाडौँ । थापाथलीस्थित नर्भिक इन्टरनेशनल हस्पिटल एण्ड मेडिकल कलेज लिमिटेडले बुक बिल्डिङ्ग विधि मार्फत साधारण शेयर निष्काशन गर्ने प्रक्रिया अघि बढाएको छ ।

हस्पिटलले आफ्नो जारी पूँजीको २० प्रतिशत अर्थात् २० लाख ४१ हजार २०० कित्ता शेयरमध्ये ४० प्रतिशतले हुन आउने ८ लाख १६ हजार ४८० कित्ता साधारण शेयर योग्य संस्थागत लगानीकर्ताहरूका लागि बिक्री गर्न लागेको हो ।

यस सम्बन्धमा हस्पिटलले गत वैशाख ११ गते काठमाडौं म्यारियट होटलमा ‘रोड शो’ कार्यक्रम सफलतापूर्वक सम्पन्न गरिसकेको छ ।

आशयपत्र बुझाउने सम्बन्धी जानकारीः

योग्य संस्थागत लगानीकर्ताहरूले बुक बिल्डिङ्ग निर्देशिका बमोजिम गोप्य शिलबन्दी आशयपत्र बुझाउनुपर्नेछ।

बुझाउने अन्तिम मितिः २०८३ साल वैशाख २१ गते, साँझ ५ बजेभित्र।

बुझाउने स्थानः नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से), सिंहदरबार प्लाजा, काठमाडौं।

आशयपत्र खोलिने मितिः २०८३ साल वैशाख २२ गते, साँझ ५ बजे (नेप्सेको कार्यालयमा)।

नर्भिक हस्पिटलको यस धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल लिमिटेड रहेको छ । नर्भिक हस्पिटलले बुक बिल्डिङ्ग विधिबाट शेयर जारी गर्न लागेको यो प्रक्रिया नेपाली स्वास्थ्य क्षेत्रका लागि एक महत्वपूर्ण पाइला मानिएको छ ।

संस्थागत लगानीकर्ताहरूबाट प्राप्त हुने आशयपत्रका आधारमा शेयरको ‘कट’अफ’ मूल्य निर्धारण हुनेछ, जसपश्चात् सर्वसाधारणका लागि शेयर निष्काशनको बाटो खुल्नेछ ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै