एकै हप्तामा ३,३०० रुपैयाँले घट्यो सुनको मूल्य, उतारचढाव कायमै

काठमाडौँ । नेपाली बजारमा पछिल्लो एक हप्ताको अवधिमा सुनको मूल्य प्रतितोला ३ हजार ३०० रुपैयाँले घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो शुक्रबार (वैशाख ४ गते) प्रतितोला २ लाख ९९ हजार ८०० रुपैयाँमा कारोबार भएको सुन यस शुक्रबार (वैशाख ११ गते) २ लाख ९६ हजार ५०० रुपैयाँमा झरेको हो ।

यो साता सुनको मूल्यमा ठूलो उतारचढाव देखिएको छ। साताको मध्यतिर सुनको मूल्य प्रतितोला ३ लाख १ हजार ३०० रुपैयाँसम्म पुगेको थियो ।

साताभरिको मूल्य तालिका:-

मिति

प्रतितोला मूल्य (रुपैयाँ)

विवरण (घटबढ)

वैशाख ४ (शुक्रबार)

२,९९,८००

वैशाख ६ (आइतबार)

३,०१,०००

१,२०० ले बढ्यो

वैशाख ७ (सोमबार)

२,९९,७००

१,३०० ले घट्यो

वैशाख ८ (मंगलबार)

३,०१,३००

१,६०० ले बढ्यो

वैशाख ९ (बुधबार)

३,००,५००

८०० ले घट्यो

वैशाख १० (बिहीबार)

२,९८,७००

१,८०० ले घट्यो

वैशाख ११ (शुक्रबार)

२,९६,५००

२,२०० ले घट्यो

मूल्य अस्थिर हुनुको कारण:

सुन व्यवसायीहरूका अनुसार अन्तर्राष्ट्रिय बजारमा देखिएको अस्थिरता र विशेषगरी मध्यपूर्वी क्षेत्रमा जारी तनाव (युद्ध) का कारण सुनको मूल्यमा यस्तो अस्वभाविक उतारचढाव आएको हो । लगानीकर्ताहरू सुरक्षित लगानीका रूपमा सुनतर्फ आकर्षित हुँदा वा बजारको अनिश्चितताले गर्दा मूल्य कहिले ह्वात्तै बढ्ने र कहिले घट्ने भइरहेको छ ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै