काठमाडौँ । नेपाली बजारमा शुक्रबार सुन र चाँदी दुवैको मूल्यमा गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ प्रतितोला २ हजार २०० रुपैयाँले घटेको हो ।
सुनको मूल्य:
बिहीबार प्रतितोला २ लाख ९८ हजार ७०० रुपैयाँमा कारोबार भएको छापावाल सुन आज घटेर २ लाख ९६ हजार ५०० रुपैयाँ कायम भएको छ । यस्तै, प्रति १० ग्राम छापावाल सुनको मूल्य २ लाख ५४ हजार २०० रुपैयाँ तोकिएको छ ।
चाँदीको मूल्य:
आज चाँदीको भाउ पनि तोलामा ७५ रुपैयाँले घटेको छ। बिहीबारको तुलनामा गिरावट आएपछि आज चाँदी प्रतितोला ४ हजार ९४५ रुपैयाँमा किनबेच भइरहेको छ । यस्तै, प्रति १० ग्राम चाँदीको मूल्य ३ हजार ९५४ रुपैयाँ कायम भएको छ ।