राष्ट्रिय गौरवका आयोजनाको अवस्था, समस्या र समाधानका उपायबारे अध्ययन गर्न उपसमिति गठन

काठमाडौँ । राष्ट्रिय गौरवका आयोजनाहरूको वर्तमान अवस्था, सञ्चालनमा देखिएका समस्या र समाधानका उपायकाबारे अध्ययन गर्न संसदीय समितिले उपसमिति गठन गरेको छ ।

सिंहदरबारमा मंगलबार बसेको प्रतिनिधिसभा अन्तर्गतको पूर्वाधार विकास समिति बैठकले राष्ट्रिय गौरवका आयोजनाको वर्तमान अवस्थाका बारेमा अध्ययन गर्न सांसद श्रीराम न्यौपानेको संयोजकत्वमा सात सदस्यीय उपसमिति गठन गर्ने निर्णय गरिएको हो ।

उपसमितिको प्रतिवेदनमा आधारमा आगामी दिनमा राष्ट्रिय गौरवका आयोजनाको अवस्थाकाबारे सरोकारवाला निकायसँग प्रभावकारी ढंगले छलफल गर्न सहज हुने समिति सभापति आशिष गजुरेललले बताए ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै