काठमाडौँ । एभरेष्ट कलर लिमिटेडले आज (वैशाख १६ गते) देखि पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि साधारण शेयर (आईपीओ) निष्काशन तथा बिक्री खुला गरेको छ।
पूँजी र कित्ता विवरण
कम्पनीले आफ्नो जारी पूँजी ३० करोड रुपैयाँको १६.३३ प्रतिशतले हुन आउने ४ करोड ९० लाख रुपैयाँ बराबरको कुल ४ लाख ९० हजार कित्ता शेयर निष्काशन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको हो ।
कुल निष्काशन गरिने शेयरमध्ये १० प्रतिशत अर्थात् ४९,००० कित्ता शेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरूका लागि छुट्याइएको छ ।
आवेदन प्रक्रिया र समयसीमा
न्यूनतम आवेदन: १० कित्ता
अधिकतम आवेदन: ७,००० कित्ता
अन्तिम मिति: वैशाख २२ गते (बैंकिङ्ग समयभित्र)
बिक्री प्रबन्धक: मुक्तिनाथ क्यापिटल लिमिटेड
वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्बा (ASBA) सदस्य बैंक तथा वित्तीय संस्थाहरू र ‘मेरो शेयर’ मार्फत आवेदन दिन सक्नेछन् ।