सेयर बजारमा दोहोरो अंकको गिरावट, कारोबार रकममा सुधार

काठमाडौँ । साताको दोस्रो कारोबार दिन मंगलबार सेयरबजार परिसूचक नेप्सेमा दोहोरो अंकको गिरावट आएको छ । आज नेप्से २६.१६ अंकले घटेर २७७०.२६ अंकमा कायम भएको छ ।

नेपाल स्टक एक्सचेन्जका अनुसार मंगलबार कुल ३४९ कम्पनीका १ करोड ४० लाख १८ हजार ९२० कित्ता सेयरहरु एक लाख ५१ हजार ३५४ पटक किनबेच हुँदा ६ अर्ब ५३ करोड १७ लाख २३ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । सोमबार नेप्से ७.७३ अंकले बढेर २७९६.४३ अंकमा पुग्दा कारोबार रकम ४ अर्ब ७४ करोड ८८ लाख ९ हजार रुपैयाँमा पुगेको थियो ।

मंगलबारको कारोबारमा ४२ कम्पनीको सेयर मूल्य बढेको छ भने २१३ कम्पनीको सेयर मूल्य घट्दा १४ कम्पनीको सेयर मूल्य स्थिर रहेको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।

मंगलबार नेपाल स्टक एक्सचेन्जमा कारोबारमा आएको हिमालयन बैंक बण्ड ६ प्रतिशतले बढेको छ भने साइन रेसुङ्गा डिबेञ्चर ३.४० प्रतिशतले, सानिमा डेभेन्चर ३.१७ प्रतिशतले बढेको छ । त्यस्तै, आरबीबी म्यूचुअल फण्ड ३.०२ प्रतिशले र आइसीएफसी फाइन्यान्स डेभेन्चर ३ प्रतिशतले बढेको हो ।

त्यसैगरी, सबैभन्दा धेरै गुमाउने कम्पनीहरुको सूचीमा कर्पोरेट डेभलपमेन्ट बैंक पहिलो स्थानमा रहेको छ । मंगलबार कर्पोरेट डेभलपमेन्ट बैंकको सेयर मूल्य १४.९९ प्रतिशतले घटेको छ । त्यसैगरी, धेरै सेयरमूल्य घट्ने कम्पनीहरुमा रिग्दे लाइन इनर्जी, सूर्यकुण्ड हाइड्रोपावर, सीटी होटल र भुजुङ हाइड्रोपावर रहेका छन् ।

मंगलबार कारोबार रकमका आधारमा सबैभन्दा धेरै कारोबार हुने कम्पनीको शीर्षस्थानमा पाल्पा सिमेन्ट इन्डष्ट्रिज रहेको छ । पाल्पा सिमेन्ट इन्डष्ट्रिजको ५८ करोड ३३ लाख ४० हजार रुपैयाँको सेयर किनबेच हुँदा रिलायन्स स्पिनिङ मिल्सको ३४ करोड ६८ लाख २५ हजार रुपैयाँको कारोबार गर्दै दोस्रो स्थानमा छ । तेस्रो स्थानमा कर्पोरेट डेभलपमेन्ट बैंक रहेको छ भने चौथो स्थानमा सोलु हाइड्रोपावर र पाँचौ स्थानमा कुमारी बैंक रहेको छ ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै