होण्डाका दुई नयाँ सर्भिस सेन्टर सञ्चालनमा

काठमाडौँ । नेपालका लागि होण्डाको आधिकारिक विक्रेता स्याकार ट्रेडिङ कम्पनी (पद्म ज्योति ग्रुप अन्तर्गत)ले विश्वस्तरीय सेवा दिने उद्देश्यले दुई वटा नयाँ प्रिमियम सर्भिस सेन्टर सञ्चालनमा ल्याएको छ ।

कम्पनीले त्रिपुरेश्वर (साविकको टेकुबाट स्थानान्तरण गरिएको) र कान्तिपथस्थित ज्योति भवनमा यी सेवा केन्द्रहरूको उद्घाटन गरिएको हो । उद्घाटन समारोहमा एशियन होण्डा मोटर कम्पनीका अध्यक्ष एवं प्रमुख कार्यकारी अधिकृत तोसिओ कुवाहारा, स्याकार ट्रेडिङका चेयरम्यान सौरभ ज्योति र भाइस चेयरम्यान सुहृद ज्योतिको उपस्थिति रहेको थियो ।

कम्पनीले पहिलो चरणमा देशभर ६ वटा अत्याधुनिक सेवा केन्द्रहरू सञ्चालनमा ल्याउने योजना सार्वजनिक गरेको छ । ‘पहिलेकै मूल्यमा प्रिमियम सर्भिस’ भन्ने अवधारणाका साथ सुरु गरिएको यस पहलले सेवाग्राहीलाई अतिरिक्त शुल्क बिना नै उच्चस्तरीय सेवा दिने लक्ष्य राखेको छ ।

सेवा केन्द्रहरूमा ‘थ्री-एस’ (शोरुम, सर्भिस र जेन्युन पार्ट्स) को सुविधा एउटै छानामुनि उपलब्ध छ । यहाँ अत्याधुनिक डायग्नोस्टिक उपकरण, डिजिटल सर्भिस ट्र्याकिङ प्रणाली र ‘फास्ट सर्भिस बेज’मार्फत कम समयमै गुणस्तरीय काम गरिने कम्पनीले जनाएको छ ।

पहिलेकै मूल्यमा प्रिमियम सर्भिस यस पहल अन्तर्गत उपभोक्ताले पहिलेकै मूल्यमा उच्चस्तरीय सेवा प्राप्त गर्न सक्नेछन् । प्रिमियम कस्टमर एक्सपिरियन्सस् यस पहलअन्तर्गत कम्पनीले आफ्ना आदरणीय ग्राहकहरूका लागि सेवा प्रक्रियामा विश्वस्तरीय अनुभव प्रदान गर्ने लक्ष्य लिएको छ ।

कस्टमर फर्स्ट एप्रोचः कम्पनीले आफ्ना प्रतिनिधिहरूलाई ग्राहकको सुविधा र सन्तुष्टिलाई सदैव पहिलो प्राथमिकतामा राख़ निर्देशन तथा तालिम प्रदान गर्ने जनाएको छ ।

वर्ल्ड क्लास सर्भिस सेन्टर आफ्नो लक्ष्य प्राप्तिका लागि कम्पनीले दक्ष र प्रशिक्षित मेकानिक्सद्वारा सेवा प्रदान गर्ने तयारी गरेको छ । थ्रीएस सुविधा शोरुम, सर्भिस एण्ड जेन्युन पार्ट्स एकै छानामुनि उपलब्ध गराई उपभोक्तालाई सहजताका साथै विश्वस्तरीय सेवा अनुभव प्रदान गर्ने कम्पनीको उद्देश्य रहेको छ । साथै, सेवा लिन आउने ग्राहकहरूका लागि निःशुल्क कोल्ड ड्रिंक्स तथा कफीको व्यवस्था पनि गरिएको जानकारी दिइएको छ ।

कम्पनीले सञ्चालनमा ल्याउन लागेका प्रिमियम सर्भिस सेन्टरमा अत्याधुनिक डायग्नोस्टिक उपकरणहरू र डिजिटल सर्भिस ट्र्याकिङ प्रणालीका साथै फास्ट सर्भिस बेजमार्फत कम समयमा गुणस्तरीय सेवा उपलब्ध गराइनेछ।

त्यसैगरी, होण्डाका जेन्युन स्पेयर पार्ट्सको सुनिश्चित उपलब्धता र आरामदायी कस्टमर वेटिङ लाउन्जसहित आधुनिक सुविधाहरू पनि उपलब्ध गराइने कम्पनीले जानकारी दिएको छ ।

स्याकार ट्रेडिङ कम्पनीले यस विस्तार योजनामार्फत देशभर होण्डाका ग्राहकहरूलाई अन्तर्राष्ट्रिय स्तरको सेवा अनुभव प्रदान गर्ने आफ्नो प्रतिबद्धता पुनः दोहोर्याएको छ । कम्पनीका अनुसार, आगामी दिनहरूमा थप सेवा केन्द्रहरू विस्तार गर्दै देशव्यापी पहुँच अझ सुदृढ बनाइनेछ ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै