सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको महानिर्देशकमा निर्मल ढकाल नियुक्त

काठमाडौँ । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको महानिर्देशकमा सहसचिव निर्मल ढकाल नियुक्त भएका छन् । सोमबार अर्थ मन्त्रालयले ढकाललाई महानिर्देशकमा नियुक्त गरेको हो । ढकाल यसअघि सोही विभागमा उपमहानिर्देशकको भूमिकामा थिए ।

यसअघिका महानिर्देशक गजेन्द्र ठाकुरलाई अर्थ मन्त्रालयमा तानिएको थियो । सिआईबीको हिरासतमा रहेका व्यवसायी दिपक भट्टसमेतको लागनी रहेको एक कम्पनीमा उनले श्रीमतीको नाममा समेत लगानी गरेको खुलेसँगै मन्त्रालयले विभागको नेतृत्वबाट जिम्मेवारीमुक्त गरेको थियो ।

उनी गत असोजदेखि विभागको महानिर्देशकको भूमिकामा रहेका थिए ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै