काठमाडौँ । आज मिति वि. सं. २०८३ वैशाख १७ गते बिहीबार । ई. सं. २०२६ अप्रिल ३० नेपाल सम्बत ११४६ वछलाथ्व चतुर्दशी, सिद्धार्थि नाम संवत्सर सूर्य उत्तरायण, वसन्त ऋतु, वैशाख शुक्ल पक्ष चतुर्दशी । चन्द्रमा कन्या राशिमा, चित्रा नक्षत्र, बज्र योग, गर करण एवं नरसिंह जयन्ती । आज बिहान ५ बजेर २७ मिनेटमा नेपालमा झुल्किएको घाम साँझ ६ बजेर ३७ मिनेटमा अस्ताउनेछ ।
आजको राशिफल
मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ):–
रोकिएका काम फेरि सुरु हुन सक्ने र परिश्रमअनुसार राम्रै उपलब्धि मिल्ने समय छ । विभिन्न उपहार पाइनुका साथै आयआर्जन पनि राम्रै हुने योग छ । बुद्घिको सही प्रयोग भइ चिताएका काममा सफलता मिल्नेछ भने परिवारजनका आकांक्षा पूरा हुनेछन् । आरोग्यबल बढ्नेछ । खर्च केही वृद्धि हुने देखिन्छ । साहसिक काममा आकर्षण बढ्नेछ । रसरागमा आकर्षण रहला ।
बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो):–
चिताएको काममा सफलता पाइनुका साथै धनलाभ पनि हुने समय छ । महत्वपूर्ण व्यक्तिबाट साथ–समर्थन पाइएला । पुराना साथीसंगीसँगको भेटघाटले मन रमाउनेछ । परिवारबाट सुखको अनुभुति मिल्ला । शत्रुपक्ष परास्त हुनेछ । शुभता र सामर्थ्य बढेर रोकिएको काम बन्नेछ । आरोग्यबल बढ्नेछ । खर्च नियन्त्रणको लागि योजना र बजेट बनाएर मात्र काम गर्नु हितकर होला ।
मिथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह):–
समय शुभदायी छ । समाजिक सम्मान प्राप्ति र रमणीय एवम् सुखद यात्राको योग छ । अनौठो तरिकाबाट नगद कमाइने देखिन्छ । कर्मबल बढ्नेछ, आय वृद्धि हुनेछ । गीतसंगीत र रसरागात्मक काममा आकर्षण रहला । हाँसखेल, भ्रमण र मनोरञ्जनका क्रममा दिन बित्नेछ ।
कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो):–
आजको दिन खर्च बढ्नुका साथै आर्थिक अभाव देखापर्न सक्छ । नसोचेको अनि बेकामको क्षेत्रमा पैसा खर्च हुने सम्भावना रहेकोले सावधान रहनुहोला । सामान्य रोगले सताउन सक्छ । भौतिक सरसामनको क्षति हुन नदिन विशेष सतर्कताको खाँचो छ । पारिवारिक समस्याबाट भने मुक्ति मिल्ने योग छ । यात्रापरक काम बन्नेछ । आफन्तको साथ मिल्नेछ ।
सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे):–
बन्दैन भनेको काम पनि अथक प्रयासमा बन्ने समय छ । आफन्तजनको सहयोग पनि प्राप्त होला । नसोचेको मित्रजनसँग भेटघाट हुनाले मन प्रफुल्ल हुनेछ । तथापि, बिहानीपख सुखको अनुभव हुने र बेलुकीपख काममा खासै मन नलाग्न सक्छ, ध्यान राख्नुहोला । बौद्धिक कार्य सार्थक रहनेछ ।
कन्या राशि (टो, प, पि, पु, ष, ण, ठ, पे, पो):–
आजको दिन आम्दानीका विविध माध्यम ख्ुाल्न सक्छन् । नचिताएको ठाउँबाट आम्दानी हुने समय छ । आवश्यक, उपलब्धीमूलक अनि रमाइलो यात्रा हुन सक्छ । सकारात्मक र व्यवहारिक सोचको विकास हुनेछ । साझेदारीको काम पनि बन्नेछ । रसरागमा आकर्षण र दाम्पत्यसुख बढ्नेछ । सुख–सुविधाका साधन हासिल हुने देखिन्छ ।
तुला राशि (र, रि, रु, रे, रो, ता, ति, तु, ते):–
रोकिएको काम बन्ने समय छ । कुनै नयाँ कामको थालनी गर्दै हुनुहन्छ भने आजको दिन उपयुक्त हुनेछ । काममा जाँगर आउनाले धनको लाभ होला । सन्तान पक्षबाट सुखको अनुभुति पनि हुनेछ । दाम्पत्यसुख बढ्नेछ भने साझेदारीको काममा सुखद मोड आउनसक्छ । यात्रागत कार्यमा सफलता प्राप्त हुनेछ । इष्टमित्रको सहयोगी बनेर देखापर्लान् ।
वृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु):–
महत्वपूर्ण विषयमा समयमै निर्णय नहुँदा काममा अवरोध आउनसक्ने देखिन्छ । आज अनावश्यक रुपमा डरको भाव जागृत हुनसक्छ । कसैसँग हल्का मनमुटाव तथा विवाद पनि हुने योग छ । सबल स्वास्थ्यको लागि खानपान एवम् आचारविचारमा विशेष ध्यान दिनु हितकर हुनेछ । चोटपटकको भय पनि छ, सतर्कताको दरकार छ । आफन्तसुख भने बढ्नेछ ।
धनु राशि (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे):–
विशिष्ट व्यक्तित्वहरूसँग मित्रता बढ्ने समय छ । नोकरी तथा राजनीतिमा बर्चस्व बढाउन सकिएला । आज कसैबाट आदर-सम्मान पनि प्राप्त हुने योग छ । बोली र व्यक्तित्वको प्रभाव बढ्नेछ । प्रेमभाव वृद्धि हुनेछ । शत्रुपक्ष परास्त हुने देखिन्छ । बौद्धिकता र रचनात्मकता बढ्नेछ । समस्याको समाधान मिल्नेछ ।
मकर राशि (भो, ज, जि, खि, खु, खे, खो, गा, गि):–
सोचेका काम पुरा भइ सुखको अनुभव हुने दिन छ । साथै आर्थिक कारोबार पनि राम्रै होला । परिरवारजनको साथले नयाँ आशा पलाउने छ । रसरागको भाव वृद्धि भइ दाम्पत्यजीवन सुखद रहला । आरोग्यता र आनन्द बढ्नेछ । परोपकार र धार्मिक क्षेत्रमा विशेष आकर्षण रहनेछ । कृषिकार्यबाट पनि फाइदा लिन सकिन्छ । मित्रजनको सहयोग प्राप्त हुनेछ ।
कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, द):–
आजको दिन मिश्रित फलदायी रहला । नसोचेको ठाउँबाट आकस्मिक लाभ हुनसक्छ, तर खर्चमा केही वृद्धि हुने देखिन्छ । परिवारमा पनि सामान्य विवादको अवस्था रहनसक्छ । आकस्मिक निम्तोमा सहभागी हुने सम्भावना देखिन्छ । सबल स्वास्थ्यका लागि आहारविहारमा विशेष सतर्क रहनु हितकर हुनेछ । कतै अतिथिका रूपमा सम्मान पाइने समय छ । पराक्रम वृद्धि हुनेछ ।
मिन राशि (दि, दु, थ, झ, ञ, दे, दो, च, चि):–
आजको दिन बाध्यात्मक परिस्थितिसँग सम्झौता गर्नुपर्ने अवस्था निम्तिने देखिन्छ । नियमित काममा खासै जाँगर नचल्ने तथा आलस्यले सताउन सक्छ । स्वास्थ्य पनि केही कमजोर नै रहला । काममा ढिलासुस्तीको योग छ । यात्रागत कार्यमा भने सफलता प्राप्त हुनेछ । साथीभाइको सहयोग रहनेछ ।
राशिफलमा जे जस्तो उल्लेख भएपनि तपाईको आजको दिन सुखद रहोस्…..