काठमाडौँ । आज मिति वि. सं. २०८३ वैशाख ०६ गते आईतबार । ई. सं. २०२६ अप्रिल १९ नेपाल सम्बत ११४६ वछलाथ्व द्वितीया, सिद्धार्थि नाम संवत्सर सूर्य उत्तरायण, वसन्त ऋतु, बैशाख कृष्ण पक्ष द्वितीया तिथि । चन्द्रमा मेष राशिमा, भरनणी नक्षत्र, आयुष्मान योग, कौलव करण एवं परशुराम जयन्ती । आज बिहान ५ बजेर ३७ मिनेटमा नेपालमा झुल्किएको घाम साँझ ६ बजेर ३१ मिनेटमा अस्ताउनेछ ।
अब सुरु गरौँ आजको राशिफल
मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ):–
नियमित कर्ममा लगनशील भएर लागिपर्दा दिगो फाइदा उठाउन सकिने समय छ । सुखद समाचारले उत्साह जगाउला । लगनशीलताले जीवनशैलीमा परिवर्तन ल्याउनेछ । तर्कशक्ति बढ्नुका साथै रोकिएका काम सम्पादन हुनेछन् । आलोचकहरूलाई जवाफ दिन सकिनेछ । ऋणमोचन हुने योग छ । दामपत्यसुख बढ्नेछ भने रसरागको भाव वृद्धि होला । इष्टमित्रको साथ मिल्नेछ ।
बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो):–
नयाँ काम वा जिम्मेवारी हात पर्नसक्ने समय छ । रोकिएका काम सम्पादन हुनेछन् । बौद्धिक जमातलाई आकर्षित गर्ने काम सम्पादन गर्न सकिएला । सोखले खर्च बढाउन सक्छ । आफ्नै कमजोरीले महत्वपूर्ण अवसर गुम्न सक्ने सम्भावना छ । विगतको श्रमबाट सामान्य लाभ भए पनि परिस्थितिसँग सम्झौता गर्नुपर्दा मन खिन्न रहला । खर्च नियन्त्रणको लागि योजना र बजेट बनाइ कार्य गर्नु बेस हुनेछ ।
मिथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह):–
शुभचिन्तकहरूसँग भेटघाटका साथै सामाजिक उत्तरदायित्व बहन गर्ने समय छ । विगतका कमी–कमजोरीलाई सुधार गर्ने अवसर प्राप्त हुनेछ । अवरोधका बीच समुदायको हितमा राम्रै काम गर्न सकिनेछ । शुभचिन्तकहरूको सुझावलाई बेवास्ता नगर्नु हितकर होला । काम बिग्रने भयले सताएपनि आफन्तजनको साथ–सहयोगले सफलता मिल्नेछ । गीतसंगीत र रसरागात्मक क्रियाकलापमा आकर्षण बढ्नेछ ।
कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो):–
आजको दिन केही समस्या देखिएपनि समय मनोरञ्जनपूर्ण रहनेछ । कार्यक्षेत्रमा आम्दानीका नयाँ स्रोत फेला पर्नेछन् । श्रमको उचित मूल्यांकन हुनेछ । परिवारजनको साथले नयाँ आशा जगाउनेछ । काममा अनायासै प्रतिस्पर्धी देखापर्न सक्छन् । प्रतिष्ठा र अधिकारका लागि संघर्षमा उत्रनुपर्ने देखिन्छ । कुनै पनि प्रकारको शारीरिक र आर्थिक विकाससित सम्बन्धित कार्यमा सफलता मिल्नेछ ।
सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे):–
दिन केही चुनौतीयुक्त रहन सक्छ । तार्किक क्षमताले सम्मान दिलाएपनि साँझपख अधैर्य व्यवहारले समस्या निम्त्याउन सक्छ । आशा देखाउनेहरूले धोका दिन सक्छन् । लाभ नहुने कामको जिम्मेवारी बहन गर्नुपर्ने स्थिति आउने देखिन्छ । कमजोरीको फाइदा अवसरवादीहरूले उठाउन सक्छन् । पढाइलेखाइमा ध्यान केन्द्रित नहुन सक्छ । यात्रागत कार्यमा आंशिक सफलता मिल्नेछ ।
कन्या राशि (टो, प, पि, पु, ष, ण, ठ, पे, पो):–
नियमित कामबाट राम्रै लाभ मिल्ने दिन छ । आम्दानी बढ्नुका साथै आर्थिक पक्ष सबल बन्नेछ । तर, सोख पूर्तिका लागि खर्च भने बढ्न सक्छ । साँझदेखि सानातिना समस्यामा अल्झनुपर्ने स्थिति आउला । रोकिएका काममा पुनः प्रयत्न गर्नु उचित होला । आरोग्यबल बढ्नेछ । आफन्तको साथ मिल्नेछ । सुख विलास पनि बढ्ने देखिन्छ ।
तुला राशि (र, रि, रु, रे, रो, ता, ति, तु, ते):–
दीर्घकालसम्म फाइदा हुने काममा हात हाल्ने समय छ । सोचेको काम बन्नुका साथै विभिन्न अवसर प्राप्त हुनेछन् । धार्मिक तथा परोपकारजन्य क्रियाकलापबाट प्रतिष्ठा पाइनेछ । मंगलमय कृत्य सम्पादन गर्ने र भाग्योन्नति हुने देखिन्छ । तर, केही चुनौती देखापर्ने भएकाले आफ्ना योजनाहरू गोप्य राख्नुहोला । आफूभन्दा कमजोरहरूसँग सम्झौता गर्नुपर्दा मन खिन्न रहन सक्छ ।
वृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु):–
स्वास्थ्य केही कमजोर रहे पनि मेहनतले विभिन्न अवसर जुटाउन सकिने दिन छ । शुभचिन्तकहरूले साथ दिनेछन् । सामाजिक उत्तरदायित्व पनि बहन गर्नुहुनेछ । समुदायको हितमा राम्रै काम गरेपनि भेटघाटको चक्करले काममा बाधा गर्न सक्छ । आँटले काम लिन नसक्दा पछि परिने सम्भावना छ । आफन्तको साथ र परिवारिक सुख मिल्नेछ ।
धनु राशि (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे):–
नियमित कार्यमा केही चुनौती देखापरे पनि कीर्तिमानी काम सुरु गर्ने समय छ । धेरैले साथ दिनेछन् । खर्च लागे पनि प्रयत्न गर्दा दिगो फाइदा हुने देखिन्छ । विशेष जिम्मेवारी हात पार्ने मौका जुर्ला । पारिवारिक समस्याको समाधान मिल्नेछ । वैरभाव राख्नेहरूले हार खानेछन् । धर्मकर्ममा आकर्षण रहनेछ । शत्रुमाथि विजय प्राप्त हुनेछ ।
मकर राशि (भो, ज, जि, खि, खु, खे, खो, गा, गि):–
आजको दिन विशेष जिम्मेवारी बहन गर्नुपर्ने स्थिति आउन सक्छ । रोकिएको काम बन्नुका साथै आम्दानीको स्रोतसमेत बढ्नेछ । व्यवसायका लागि यात्रा गर्ने अवसर जुर्ला । मन मिल्ने साथी भेटिनुका साथै प्रेमको गाँठो समेत कसिनेछ । आरोग्यबल बढ्नेछ । साहसिक काममा आकर्षण रहनेछ । विभिन्न अवसर प्राप्त भए पनि अरूको मुख ताक्ने बानीले पछि परिने सम्भावना रहेकोले समय र नियमलाई बेवास्ता नगर्नुहोला ।
कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, द):–
व्यस्तता र जोखिम बढ्ने समय छ । अस्वस्थता एवं काम बिग्रने भयले सताउन सक्छ । सोख पूरा गर्न फजुल खर्च बढ्ने देखिन्छ । आलस्य भाव पैदा हुनाले न्यून उपलब्धिमा चित्त बुझाउनुपर्ने अवस्था देखिन्छ । अर्थ संग्रहमा बाधा पुग्ने योग छ । सुखदुःखमा साथ दिनेहरू भने भेटिनेछन् । दौडधुप बढ्नेछ । प्रतिकुलताका बाबजुद रसरागमा आकर्षण बढ्नेछ ।
मिन राशि (दि, दु, थ, झ, ञ, दे, दो, च, चि):–
कीर्तिमानी काम सुरु गर्ने समय छ । धेरैले साथ दिनेछन् । अप्रत्यासीत रुपमा धनको लाभ पनि हुने देखिन्छ । तथापि, प्रतिस्पर्धीहरूले समस्या उब्जाउन सक्छन् । साथीभाइको सहयोग प्राप्त हुनाले पराक्रम बढ्नेछ । व्यापार र उद्योगमा फाइदाको योग छ । कुनैपनि समस्याकको समाधान मिल्नेछ । मित्रहरूका साथ मनोरञ्जनात्मक यात्रा हुनसक्छ ।
राशिफलमा जे जस्तो उल्लेख भएपनि तपाईको आजको दिन सुखद रहोस्…..