सुन र चाँदीको मूल्यमा गिरावट, सुन तोलामा १८ सयले घट्यो

काठमाडौँ ।नेपाली बजारमा सुन र चाँदीको मूल्य घट्ने क्रमले आज बिहीबार (वैशाख १७ गते) पनि निरन्तरता पाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्यमा प्रतितोला १ हजार ८०० रुपैयाँको भारी गिरावट आएको छ ।

यससँगै आज बजारमा छापावाल सुन प्रतितोला २ लाख ९२ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन बुधबार सुन प्रतितोला २ लाख ९४ हजार ५०० रुपैयाँमा खरिदबिक्री भएको थियो ।

सुनसँगै चाँदीको मूल्यमा पनि आज उल्लेख्य गिरावट देखिएको छ। आज चाँदी प्रतितोला १०५ रुपैयाँले घटेर ४ हजार ८१० रुपैयाँमा झरेको छ। बुधबार चाँदी प्रतितोला ४ हजार ९१५ रुपैयाँमा कारोबार भएको थियो ।

पछिल्ला केही दिनदेखि अन्तर्राष्ट्रिय बजारको प्रभाव र आन्तरिक मागमा आएको उतारचढावका कारण नेपाली बजारमा सुनचाँदीको मूल्य निरन्तर ओरालो लागिरहेको छ । यस गिरावटले विवाहको सिजनमा रहेका उपभोक्ताहरूलाई भने केही राहत पुग्ने देखिएको छ ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै