धितोपत्र बोर्डद्वारा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमका लागि सुझाव आह्वान

काठमाडौँ । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले आगामी आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रमका लागि सरोकारवाला र सर्वसाधारणसँग राय–सुझाव माग गरेको छ ।

पूँजी बजार तथा वस्तु विनिमय बजारलाई व्यवस्थित, प्रभावकारी र विश्वसनीय बनाउन बोर्डले रचनात्मक एवं कार्यान्वयनयोग्य सुझावहरूको अपेक्षा गरेको हो। बोर्डले हरेक वर्ष नयाँ नीति तथा कार्यक्रम सार्वजनिक गर्नुअघि यस्तो सुझाव संकलन गर्ने गर्दछ।

सुझाव पठाउने सम्बन्धी विवरण:-

क्षेत्र: धितोपत्र बजार र वस्तु विनिमय बजारको विकास, विस्तार र सुधार।

समयसीमा: २०८३ जेठ १५ गतेभित्र।

पठाउने माध्यम: बोर्डको आधिकारिक इमेल [email protected] मा।

बोर्डको नीति, अनुसन्धान तथा प्रशिक्षण विभागका अनुसार प्राप्त भएका उपयुक्त सुझावहरूलाई अध्ययन गरी आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा समावेश गरिनेछ । यसले बजारको नीतिगत सुधारमा लगानीकर्ता र सरोकारवालाको प्रत्यक्ष सहभागिता सुनिश्चित गर्ने बोर्डको विश्वास छ ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै