नेप्सेमा साढे २५ अंकको गिरावट, कारोबार रकम ५ अर्बमुनि खुम्चियो

काठमाडौँ । सेयर बजारमा बुधबार पनि गिरावटको क्रम जारी रह्यो। पछिल्लो समय लगातार ओरालो लागिरहेको नेप्से परिसूचक आज २५.८१ अंकले घटेर २७४४.४५ विन्दुमा ओर्लिएको छ।

परिसूचकसँगै यस दिन कारोबार रकममा पनि उल्लेख्य गिरावट आएको छ। मंगलबार ६ अर्ब ५३ करोड रुपैयाँको सेयर किनबेच भएकोमा बुधबार २६९ कम्पनीको १ करोड २१ लाख कित्ता सेयर ४ अर्ब ९५ करोड ४६ लाख रुपैयाँमा सीमित भएको छ।

बजारको मुख्य तथ्याङ्क:

नेप्से परिसूचक: २७४४.४५ (▼ २५.८१ अंक)

सेन्सेटिभ इण्डेक्स: ▼ ३.०६ अंक

कुल कारोबार: ४ अर्ब ९५ करोड ४६ लाख रुपैयाँ

बढ्ने कम्पनी: कर्पोरेट डेभलपमेन्ट बैंक (सर्वाधिक १३.८१%)

घट्ने कम्पनी: १०% केविएल डिबेन्चर २०९० (११.४६%)

उपसमूहगत अवस्था:

आज कारोबार भएका १३ उपसमूहमध्ये व्यापार, विकास बैंक र म्युचुअल फन्डबाहेक बाँकी १० वटा उपसमूहको सूचक नकारात्मक रह्यो। उत्पादन तथा प्रशोधन उपसमूहमा सबैभन्दा धेरै गिरावट देखियो भने निर्जीवन बीमा, होटल र जलविद्युत उपसमूह पनि १ प्रतिशतभन्दा बढीले घटेका छन्।

कारोबारमा अग्रता:

रकमका आधारमा आज रिलायन्स स्पिनिङ मिल्स २४ करोड १९ लाख रुपैयाँसहित शीर्ष स्थानमा रह्यो भने पाल्पा सिमेन्ट २० करोड २२ लाख रुपैयाँको कारोबारका साथ दोस्रो स्थानमा रह्यो।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै