चन्द्रागिरी इन्भेष्टमेन्ट ग्रुपले आईपीओ जारी गर्ने, सेयरधनीलाई ४ प्रतिशत लाभांश

काठमाडौँ । चन्द्रागिरी इन्भेष्टमेन्ट ग्रुपले सर्वसाधारणका लागि प्राथमिक सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । कम्पनीको हालै बसेको सञ्चालक समितिको बैठकले आईपीओ जारी गर्ने र सेयरधनीहरूलाई लाभांश वितरण गर्ने विशेष प्रस्तावसहित वार्षिक साधारण सभा आह्वान गरेको छ ।

लाभांश प्रस्ताव र साधारण सभा

कम्पनीले आर्थिक वर्ष २०८१/८२ को नाफाबाट सेयरधनीहरूलाई चुक्ता पुँजीको ४ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। उक्त प्रस्ताव पारित गर्न कम्पनीले आगामी चैत २८ गते साँझ ५ बजे ललितपुरस्थित दाउरा थकालीमा वार्षिक साधारण सभा बोलाएको छ ।

आईपीओ निष्कासनको तयारी

साधारण सभाको मुख्य एजेण्डाका रूपमा आईपीओ निष्कासनलाई राखिएको छ । सभाले आईपीओ जारी गर्नका लागि सञ्चालक समितिलाई सम्पूर्ण आवश्यक अधिकार प्रदान गर्ने प्रस्ताव पारित गर्नेछ । यससँगै कम्पनीले निकट भविष्यमै नियामक निकायको स्वीकृति लिएर सार्वजनिक सेयर निष्कासन प्रक्रिया अगाडि बढाउनेछ ।

सभाका अन्य कार्यसूचीहरू:

आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदनमाथि छलफल गरी अनुमोदन गर्ने ।

लेखापरीक्षक ‘सरु एण्ड एशोसियट्स’ (चार्टर्ड एकाउन्टेन्ट्स) को नियुक्ति र पारिश्रमिक अनुमोदन गर्ने ।

वासलात, नाफा-नोक्सान हिसाब र नगद प्रवाह विवरण लगायतका वित्तीय प्रतिवेदनहरू पारित गर्ने ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै