पाल्पा सिमेन्ट लिमिटेडको आईपिओ फागुन २९ गते बिहान बाँडफाँड हुने

काठमाडौँ । पाल्पा सिमेन्ट इण्डष्ट्रीज लिमिटेडले फागुन १२ देखि १५ गतेसम्म सर्वसाधारणका लागि प्राथमिक सेयर (आईपीओ) फागुन २९ गते शुक्रबार बिहान बाँडफाँड हुने भएको छ ।

बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडका अनुसार शुक्रबार बिहान बजे बाँडफाँड हुनेछ । धितोपत्र निष्कासन तथा बाँडफाँड निर्देशिका बमोजिम हुने शेयर बाँडफाँडमा गोलाप्रथाबाट ४ लाख ५० हजार जनाले १० कित्ताका दरले शेयर पाउनेछन् ।

कम्पनीले सर्वसाधारणका लागि प्रति सेयर १०० रुपैयाँ अंकित दरमा ४५ लाख कित्ता सेयर खुला गरेको थियो । कम्पनीले कुल ३ अर्ब ७५ करोड रुपैयाँ जारी पूँजीको २० प्रतिशत बराबरले हुने आउने प्रति सेयर १०० रुपैयाँ अंकित दरमा ७५ करोड रुपैयाँ मूल्यका ७५ लाख कित्ता साधारण सेयर निष्काशनकालागि अनुमति पाएको थियो । जसमध्ये १८ लाख ७५ हजार कित्ता उद्योग प्रभावित क्षेत्रका स्थानीयलाई बाँडफाँड भइसकेको छ ।

त्यस्तै, ५ लाख ६२ हजार ५०० कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि, २ लाख ८१ हजार २५० कित्ता सामूहिक लगानी कोषका लागि र सोही संख्याका २ लाख ८१ हजार २५० कित्ता कम्पनीका कर्मचारीका लागि छुट्याइएको छ ।

कम्पनीलाई इन्फोमेरिक्स क्रेडिट रेटिङ नेपाल लिमिटेड ले ‘क्ष्च्ल् द्यद्यं ९क्ष्ककगभच०’ रेटिङ प्रदान गरेको छ, जसले वित्तीय दायित्व समयमै भुक्तानी गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्छ। यो रेटिङ २०८३ वैशाख २९ गतेसम्म बहाल रहनेछ ।

उद्योग र वित्तीय अवस्था

विसं २०६६ असोज ९ गते निजी कम्पनीका रूपमा दर्ता भई २०७८ असार २१ गते सार्वजनिक कम्पनीमा रूपान्तरण भएको पाल्पा सिमेन्टको उद्योग नवलपरासीको सुनवलमा रहेको छ । पाल्पा जिल्लाको माथागढी गाउँपालिकास्थित चुनढुंगा खानीबाट कच्चा पदार्थ आपूर्ति हुँदै आएको छ। कम्पनीले सिमेन्ट र क्लिंकर उत्पादन गर्दै आएको छ र २०७८/७९ देखि भारतमा समेत निर्यात गर्दै आएको जनाएको छ ।

गत आर्थिक वर्षमा कम्पनीले ९ करोड ७५ लाख रुपैयाँ नाफा कमाएको छ भने चालु आवको अन्त्यसम्म २९ करोड ७५ लाख रुपैयाँ नाफा गर्ने प्रक्षेपण गरेको छ। २०८३/८४ मा ३० करोड ५० लाख रुपैयाँ नाफा गर्ने अनुमान छ । गत वर्ष कम्पनीको कुल आम्दानी ४ अर्ब ११ करोड २० लाख रुपैयाँ रहेको थियो भने जगेडा कोषमा १ अर्ब ७ करोड रुपैयाँ सञ्चित छ ।

आईपीओबाट संकलित रकम कम्पनीले स्थायी चालु कर्जा भुक्तानीमा प्रयोग गर्ने जनाएको छ ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै