करण केसीलाई एक खेल प्रतिबन्ध

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले नेपाल पुलिस क्लबका तीव्र गतिका बलर करण केसीलाई एक खेलको प्रतिबन्ध गरेको छ ।

क्यानले अम्पयारको विषयमा सामाजिक सञ्जालमा व्यक्त गरेको धारणा खेल भावनाविपरित भएको भन्दै प्रतिबन्ध गर्नुका साथै खेलको शतप्रतिशत म्याच शूल्य जरिवाना गर्ने निर्णय गरेको हो ।

‘नेपाल पुलिस क्लबका खेलाडी करण केसीले अम्पायरप्रति सामाजिक सञ्जालमार्फत व्यक्त गरेको अभिव्यक्तिप्रति नेपाल क्रिकेट संघको गम्भीर ध्यानाकर्षण भएको छ । उक्त अभिव्यक्ति खेल भावना अनुरूप नभएको ठहर गर्दै सम्बन्धित सबै सरोकारवालासँग समन्वय गरी क्रिकेटर करण केसीलाई प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको एक खेलका लागि प्रतिबन्ध लगाउनुका साथै १००% म्याच शुल्क जरिवाना गर्ने निर्णय गरिएको व्यहोरा जानकारी गराइन्छ,’ क्यानका प्रवक्ता छुम्बी लामाको भनाइ छ ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै