चेन्नईमाथि पञ्जावको शानदार जित, आज दुई खेल हुँदै

काठमाडौँ । इन्डियन प्रिमियर लिग (आइपीएल) मा पञ्जाब किंग्सले लगातार दोस्रो खेलमा जित निकालेको छ। शुक्रबार राति सम्पन्न खेलमा पञ्जाबले चेन्नइलाई ५ विकेटले पराजित गरेको हो । टस हारेर पहिले ब्याटिङ गरेको चेन्नइले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर २ सय ९ रन बनाएको थियो ।

उसका लागि ऋतुराज गाइकवाडले २८ रन बनाउँदा आयुश महात्रीले ७३ रन बनाएका थिए। त्यस्तै शिवं दुवेले ४५ रन बनाउँदा सर्फराज खानले ३२ रन बनाएका थिए ।

जवाफमा २१० रनको लक्ष्य पछ्याएको पञ्जाब किंग्सले १८.४ ओभरमा ५ विकेट गुमाएर पुरा गरेको हो । उसका लागि कप्तान श्रेयस अय्यरले ५० रनको अर्धशतकीय इनिङ खेल्दा प्रियन्स अर्याले ३९ रन बनाए ।

त्यस्तै प्रभसिम्रन सिंहले ४३ रन बनाए। त्यस्तै कोपर कोनोलीले ३६ रन बनाएका थिए । टिमको जितमा शसांक सिंहले १४ रनको अविजित इनिङ खेलेका थिए। प्रतियोगितामा आज दुई खेल हुँदै छन् ।

दिउँसो ३:४५ मा सुरु हुने खेलमा दिल्ली र मुम्बई भिड्दा राती ७:४५ मा गुजरात र राजस्थान भिड्नेछन् ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै