चुनाव लागेसँगै पेट्रोलियम पदार्थको मूल्य बढ्यो

काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगमले पेट्रोलमा प्रतिलिटर एक रुपैयाँ र डिजेल/मट्टीतेलमा प्रतिलितटर तीन रुपैयाँले बढाएको हो। नयाँ मूल्य सूची आइतबार राति १२ बजेपछि लागु भएको छ।

यस अनुसार अनुसार पहिलो वर्ग (चारआली, विराटनगर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज, धनगढी र वीरगञ्ज) मा पेट्रोलको मूल्य १५४ रुपैयाँ ५० पैसा कायम भएको छ भने दोस्रो वर्ग (सुर्खेत र दाङ ) मा १५६ रुपैयाँ र तेस्रो वर्ग (काठमाडौँ, पोखरा र दिपायल) मा १५७ रुपैयाँ कायम भएको छ ।

त्यस्तै, डिजेल/मट्टितेलको मूल्य पहिलो वर्गमा १३९ रुपैयाँ ५० पैसा, दोस्रो वर्गमा १४१ रुपैयाँ र तेस्रो वर्गमा १४२ रुपैयाँ तोकिएको छ ।

May be an image of blueprint and text

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै