काठमाडौँ । नेपाल निर्माण व्यवसायी महासंघको १३औँ महाधिवेशनअन्तर्गत नयाँ कार्यसमिति चयनका लागि आज निर्वाचन हुँदैछ । काठमाडौँको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा हुने मतदानबाट आगामी तीन वर्षका लागि ५१ सदस्यीय नयाँ कार्यसमिति चुनिन लागेको हो ।
महासंघको नेतृत्वका लागि मुख्य गरी दुई समूह प्यानलसहित चुनावी मैदानमा उत्रिएका छन् ।
अध्यक्ष पदका उम्मेदवार र प्यानल
अध्यक्ष पदमा कालिका कन्सट्रक्सनका निर्देशक निकोलश पाण्डे र पीएस कन्स्ट्रक्सनका प्रबन्ध निर्देशक आङ दोर्जी (एडी) लामा बीच कडा प्रतिस्पर्धा हुने देखिएको छ ।
१. लामा समूह (प्यानल):
वरिष्ठ उपाध्यक्ष: रोशन दाहाल
एसोसिएट उपाध्यक्ष: एनपी शेर्पा
महासचिव: शिवहरि घिमिरे
कोषाध्यक्ष: बालाजी श्रेष्ठ
२. पाण्डे समूह (प्यानल):
वरिष्ठ उपाध्यक्ष: मुकेश पन्त
महासचिव: धीरेन्द्र दाहाल
कोषाध्यक्ष: उज्ज्वल गौतम
स्वतन्त्र र निर्विरोध उम्मेदवारी
निर्वाचनमा उपमहासचिव पदका लागि प्रमोद लामिछानेले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् ।
यसैबीच, लुम्बिनी प्रदेशबाट केन्द्रीय उपाध्यक्ष पदमा सहदेव खड्का निर्विरोध निर्वाचित भइसके छन् । सगुन कन्स्ट्रक्सनका सञ्चालक खड्का पाण्डे समूहका उम्मेदवार हुन् ।