एआई क्षेत्रको पूर्वाधार विकास लागि ट्रम्पद्वारा ५०० बिलियन डलर लगानी घोषणा

काठमाण्डौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले एआईको क्षेत्रको पूर्वाधार विकास लागि निजी क्षेत्रमा ५०० बिलियन डलरबराबरको लगानी घोषणा गरेका छन् ।

जनवरी २० मा अमेरिकाको ४७ औं राष्ट्रपतिको रुपमा सपथ ग्रहण गरेका ट्रम्पले प्रविधि व्यवसायमा प्रतिस्पर्धी देशहरुलाई उछिन्नका लागि ठूलो लगानीको घोषणा गरेका हुन् । च्याट जीपीटीको निर्माता ओपन एआई, सफ्ट बैंक र ओर्याकलले ‘स्ट्रागेट’नामक ज्वाइन्ट भेन्चरमा समावेश हुने योजना बनाएको ट्रम्पले बताएका छन् ।

स्ट्रागेटले डेटा सेन्टरहरु बनाउने र अमेरिकामा १ लाखभन्दा बढी रोजगारी सिर्जना गर्ने समेत उनले बताए । यी कम्पनीले स्ट्रागेटका अन्य साझेदारहरुसँग मिलेर तत्कालका लागि १०० बिलियन डलर बराबरको लगानी गर्नेछन् । बाँकी लगानी भने आगामी ४ वर्षसम्म हुनेछ ।

परियोजनाको पहिलो चरण अन्तर्गत टेक्ससमा २० वटा डेटा सेन्टरहरु निर्माणाधिन अवस्थामा छन् ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै