काठमाडौँ । याम्बालिङ्ग हाइड्रोपावर लिमिटेडले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि निष्कासन गरेको साधारण शेयर (आईपीओ) बाँडफाँड गरेको छ ।
कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटलले आइतबार एक कार्यक्रमका बीच शेयर बाँडफाँड सम्पन्न गरेको हो ।
कम्पनीले गत चैत ८ गतेदेखि २३ गतेसम्म प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका कुल ७ लाख कित्ता शेयर स्थानीयका लागि बिक्री खुला गरेको थियो । उक्त अवधिमा रीतपूर्वक आवेदन दिएका आवेदकहरूलाई शेयर बाँडफाँड गरिएको क्यापिटलले जनाएको छ ।
नतिजा कसरी हेर्ने ?
बाँडफाँडको नतिजा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटलको वेबसाइट वा सम्बन्धित कम्पनीको आधिकारिक माध्यमबाट हेर्न सकिनेछ । यस आईपीओमा स्थानीयले न्यूनतम १० कित्तादेखि अधिकतम ७ हजार कित्तासम्म आवेदन दिन पाउने व्यवस्था गरिएको थियो ।