काठमाडौँ । घरेलु उपकरण ब्रान्ड सीजीले नयाँ वर्ष २०८३ को सुखद आगमनसँगै आफ्नो नयाँ वार्षिक ब्रान्ड अभियान एक्सपिरियन्स लाइफ विथ सीजी घोषणा गरेको छ । यस वार्षिक अभियान अन्तर्गत नयाँ वर्षलाई लक्षित गर्दै उपहार योजनाको भव्य सुरुवात गरिएको कम्पनीले जनाएको छ ।
गत वर्ष सञ्चालित “लेभल अप !” अभियानमार्फत सीजीले नेपाली बजारमा प्रविधि र गुणस्तरको नयाँ मापदण्ड स्थापित गरेको थियो। सोही अभियानअन्तर्गत कम्पनीले नेपाली ब्रान्डमै पहिलोपटक एआई टिभी, एआई एयर फ्रायर, काराओकी टिभी र विशाल १०० इन्च टिभी जस्ता अत्याधुनिक उत्पादनहरू भित्र्याउँदै उपभोक्ताहरूलाई आफ्नो जीवनशैलीलाई अर्को स्तरमा पुर्याउन (लेभल अप) प्रोत्साहित गरेको थियो ।
विश्व बजारमा प्रचलित उत्कृष्ट गुणस्तरका घरायसी उपकरणहरू, पारिवारिक मनोरञ्जनका साधनहरू तथा स्मार्ट घरेलु उपकरणहरू नेपाली ब्रान्डमार्फत नै नेपालमा उपलब्ध गराउनुले सीजीको उच्चस्तरीय उत्पादनहरूप्रतिको प्रतिबद्धतालाई थप प्रमाणित गरेको सीजीको दाबी छ ।
सोही सफलता र आम उपभोक्ताको उत्साहजनक प्रतिक्रियालाई मध्यनजर गर्दै यस वर्ष एक्सपिरियन्स लाइफ विथ सीजी अभियानमार्फत ग्राहकहरूको जीवनशैलीलाई अझ आधुनिक, स्मार्ट र सहज बनाउने लक्ष्य लिइएको छ ।
यो अभियान वर्ष २०८३ भरि नै विभिन्न उत्सवहरूमा जारी रहनेछ। नयाँ वर्षको सुरुवातमा यसका प्रमुख विशेषताहरूमा प्रिमियम जीवनशैलीको अनुभव, नयाँ वर्ष विशेष उपहार योजना, बम्पर लक्की ड्रलगायत रहेका छन् ।
नेपाली बजारमा ४० वर्षभन्दा बढी समयदेखि विश्वसनीय तथा गुणस्तरीय उत्पादनहरू उपलब्ध गराउँदै आएको सिजी इलेक्ट्रोनिक्सले देशभर रहेका २१ वटा आधुनिक शोरुमहरू र ४० वटा सेवा केन्द्रहरूमार्फत बिक्रीपछिको उत्कृष्ट सेवा सुनिश्चित गर्दै आएको छ ।